मोटरसाइकल दुर्घटनामा आमा–छोरासहित तीन जनाको मृत्यु

निकासखबर संवाददाता

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरासहित तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ स्थित रमाइलोडाँडामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा नवीन गुरुङ, प्रतिभा गुरुङ र उनका छोरा आरोन छन् । नवीन इच्छाकामना गाउँपालिका–२ र प्रतिभा सोही गाउँपालिका वडा नंम्बर ३ कि हुन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, प्रदेश २–०३–००२ प ५९८६ नं। को मोटरसाइकल सडकबाट चार सय मिटर तल खसेको छ ।

मा प्रकाशित