६५ किलो गाँजासहित प्रहरीले एक जना पक्राउ

निकासखबर संवाददाता

विराटनगर। मोरङको केराबारीबाट ६५ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि नगरपालिका(१ का ३१ वर्षीय दीपेश राई रहेका छन् ।

को२३प ३८६१ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट गाँजा बरामद भएको जिल्ल प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले बताए । इलाका प्रहरी कार्यालय केराबारीको टोलीले राईलाई बिहीबार केराबारी गाउँपालिका–७ मुगुटोलबाट पक्राउ गरेको थियो।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट लागुऔषध कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित