प्रदेश खबर

केपी प्रवृत्तिविरुद्ध लड्न अन्यदलका नेतालाई माओवादीले प्रधानमन्त्री बनाएको होः प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले अन्य पार्टीका प्रमुखलाई प्रधानमन्त्री बनाउनुपर्ने विचित्रको अवस्था आएको बताएका छन् । उनले ‘केपी प्रवृत्ति’ विरुद्ध लड्न आफूहले त्यस्तो गरेको बताएका हुन् । ‘प्रतिगमनविरुद्धको संघर्ष’मा माओवादीले आफूलाई प्रमाणित गरेको बताउँदै प्रचण्डले आफुहरुले त्यसविरुद्ध विद्रोहको झण्डा उठाएको बताए । ‘प्रतिगमनविरुद्धको संघर्ष’मा आफूहरुले केपी प्रवृत्तिको अन्त्यका लागि गरेको र सफल भएको उनको भनाइ छ । केपी प्रवृत्तिका विरुद्ध नै आफु र माधब नेपालले शेरबहादुरलाई प्रधानमन्त्री बन्न आग्रह गरेको र त्यही अनुरुप भएको बताउदै संसदको संंख्या समेत आफुहरुले पुर्याउने अठोटका साथ देउवालाई ‘हामी संख्या पुर्‍याउँछौं, तपाईं प्रधानमन्त्री हुन तयार भइदिनुपर्‍यो भनेर नै उहाँलाई प्रधानमन्त्री…

चुनाव केन्द्रित हुँदै दलहरुः स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा भागबण्डा
निकासखबर संवाददाता

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले तालमेल गर्ने भएका छन् ।  दलहरुले आफ्नो विगतलाई संझदै महानगरपालिकामा भागबण्डा गर्ने भएका हुन् । पछिल्लो समय नेकपा (माओवाी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन हुने बताईरहेको बेलामा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भन्दै सोहीअनुसार तयारी गर्न निर्देशन दिएका छन् । उनले पार्टीका नेताहरुलाई गठबन्धनका नेताहरुलाई आँच पुर्याउनेगरि नबोल्न समेत निर्देशन दिएका छन् । देउवाले काँग्रेसको जिोको अवस्थालाई हेर्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन गरिने बताएका छन् । अहिले गठबन्धनमा महानगरपालिकामा भागबण्डा…

७३ जना सहिदको सम्मान र सम्झनामा सहिद स्तम्भ र पार्क निर्माण
निकासखबर संवाददाता

खोटाङ। खोटाङको साकेला गाउँपालिकाले सहिद स्तम्भ पार्क ९उद्यान० निर्माण गरेको छ । १० वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका ७३ जनाको सम्मान र सम्झनामा साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा सहिद स्तम्भ पार्क निर्माण गरिएको हो । प्रदेश सरकारको क्रमागत योजना अन्तर्गत चालु आर्थिक वर्ष विनियोजित १५ लाखको खर्चमा गाउँपालिकाले सहिद स्तम्भ, पार्क र प्रवेशद्धार निर्माण गरेको छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन नेकपा माओवादीका नेता तथा कार्यकर्ताले सेल्टरका रुपमा प्रयोग गरेको तावाभञ्ज्याङमा सहिद पार्क निर्माण गरिएको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का झंकारले बताए । पार्कमा खोटाङका जनयुद्धका प्रथम सहिद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका सहिद मनोज जोशीको…

सेमिफाइनलमा प्रवेश गर्यो घरेलु टोली झापा­–११
निकासखबर संवाददाता

झापा। घरेलु टोली झापा­–११ फुटबल क्लब यहाँ जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । झापा­–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा­–११ लाई एक गोल उपहार दियो । रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६ औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो । झापा­–११ ले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको…

चुनावी गतिविधितीर केन्द्रीत हुदै रुकुम पश्चिममा प्रमुख दलहरु
निकासखबर संवाददाता

रुकुम पश्चिम । स्थानीय तहको चुनाव नजिकिए संगै रुकुम पश्चिम स्थित दलहरुले पनि आफ्ना गतिविधीहरु बढाएका छन् । गाउँगाउँमा आफ्ना भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गर्नेदेखि फरक पार्टीमा रहेका नेता कार्यकर्ता र सुबेच्छुकहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने लहर चलाउन थालेका हुन् । नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले स्थानीय तह निर्वाचनका लागि चुनावी परिचालन कमाण्डर बनाएर स्थानीय तहहरुमा खटाएको छ । जिल्लाका सबै स्थानीय तहहरुमा हाल विभिन्न गतिविधिहरु भैरहेका छन । माओवादी केन्द्र रुकुम पश्चिम मुसीकोट नगर समितिले निर्वाचन परिचालन समिति हालै गठन गरेको छ । पार्टी नगर समितिको विस्तारित बैठकले केन्द्रीय सदस्य बसन्त शर्मा कुशलको संयोजकत्वमा ४५ सदस्सीय निर्वाचन परिचालन…