नेपालको राष्ट्रियता, अखण्डता र सार्वभौमिकता माथि गरिएको हस्तक्षेप सह्य हुँदैनः अखिल (क्रान्तिकारी)
आर्थिक परिवेश संवाददाताकाठमाडाै । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले भारत सरकारले पछिल्लो पटक मे २८मा आफ्नो नयाँ संसद भवनको उद्घाटन गर्ने क्रममा संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी समेत राखेर नक्सा सार्वजनिक गर्नु घोर आपत्तिजनक भएकाे बताएकाे छ । संगठनका संयाेजक पवन कार्कीले एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् । कार्कीद्वारा जारी विज्ञप्तिमा- नेपालको भुभाग भारतले आफ्नो नक्सामा राख्ने कुरा प्रती हाम्रो संगठन अखिल(क्रान्तिकारी) घोर आपत्ति र निन्दा प्रकट गर्दछ भनिएकाे छ । उनले हाम्रो देशको भू-भाग नियोजित ढङ्गले आफ्नो देशको नक्सामा राख्ने भारतिय विस्तारवादको यो रवैया खेदजनक रहेकाे बताउँदै नेपाली जनतालाई कुनै पनि हालतमा…
मेलाम्चीकाे पानी काठमाडाैं पठाइयाे
आर्थिक परिवेश संवाददातासिन्धुपाल्चोक। मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो। हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।
सोह्रखुट्टेमा स्कुलको छात्रावासभित्र विद्यार्थी मृत फेला
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । काठमाडौंको सोह्रखुट्टे नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)को छात्रावासभित्र एक विद्यार्थी मृत फेला परेका छन् । पाँच कक्षामा पढ्ने १४ वर्षीय अभिषेक तामाङ मंगलबार राति मृत फेला परेका हुन् । धादिङ घर भएका तामाङ स्कुलको होस्टेलमा कोठाभित्र कराँतेको बेल्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र थप विवरण खुल्न नसकेको प्रहरीले बताएको छ।
माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु
आर्थिक परिवेश संवाददातासिन्धुपाल्चोक । सिन्धुपाल्चोककाे चाैतारा-संगाचाेकगढी नगरपालिका -४ छापमा गएराति भएकाे माेटरसाईकल दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ । राति अन्दाजी १२ बजे छापबाट नाैविसे तर्फ जाँदै गरेकाे बा ४५ प ५५४१ नम्बरको माेटरसाइकल दुर्घटना भएकाे हाे। दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोक चाैसा नपा ११ का अमन माझी र बलेफी गापा वडा नम्बर २ का प्रदीप माझी रहेका छन् । माेटरसाइकल सडकबाट झण्डै ५ सय मिठर तल खसेकाे र दुबै जनाकाे घटनास्थलमै मृत्यु भएकाे वाड नम्बर ४ का अध्यक्ष कुमार शर्माले जानकारी दिए । माेटर साइकल वडा नं. ४ कुविण्डे स्थित शनि डाँडाको भिरबाट खसेकाे हाे ।
२३ वटा ठेकेदार कम्पनी कालोसूचीमा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। सरकारले पप्पु कन्ट्रक्सनसहित २३ ठेकेदार कम्पनी कालोसूचीमा राखेकाे हाे । कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम कार्यालयको जेठ १६ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। यी ठेकेदार मध्ये १ नम्बरमा उल्लेखित कलेज अफ इम्प्लोइमेन्ट प्रालिलाई ३ वर्षको लागि कालोसूचीमा राखिएको हो । त्यस्तै २ नम्बरमा उल्लेखित ठेकेदारलाई २ वर्षको लागि तथा ३,४, र ५…

