सोह्रखुट्टेमा स्कुलको छात्रावासभित्र विद्यार्थी मृत फेला

निकासखबर संवाददाता

काठमाडाैं । काठमाडौंको सोह्रखुट्टे नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)को छात्रावासभित्र एक विद्यार्थी मृत फेला परेका छन् । पाँच कक्षामा पढ्ने १४ वर्षीय अभिषेक तामाङ मंगलबार राति मृत फेला परेका हुन् ।

धादिङ घर भएका तामाङ स्कुलको होस्टेलमा कोठाभित्र कराँतेको बेल्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको र थप विवरण खुल्न नसकेको प्रहरीले बताएको छ।

मा प्रकाशित