सोलुखुम्बुको जनताले संघीयताको प्रत्याभूती गर्न पाएका छैनन्ः सांसद शेर्पा
आर्थिक परिवेश संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्रका प्रदेश सांसद गोम्बु शेर्पा ‘कज्र्याङ’ले सोलुखुम्बुको जनताले प्रदेश राजधानी विराटनगरबाट संघीयताको प्रत्याभूती गर्न नपाएको बताएका छन् । प्रदेशसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद शेर्पाले सोलुखुम्बुका जनतालाई संघीय राजधानी काठमाडौं जानुभन्दा दुईगुणा बढि समय प्रदेश राजधानी विराटनगर आउन समय र खर्च लाग्ने भएकाले संघीयताको प्रत्याभुत गर्न नपाएको बताएका हुन् । ‘सोलुखुम्बुका जनतालाई राजधानी काठमाडौं जानुभन्दा विराटनगर आइपुग्न दुई गुणा बढि समय, दुई गुणा बढि खर्च र तीन गुणा बढि कष्ट बेहोरेर विराटनगर आइपुग्न बाध्य छन्,’ सांसद शेर्पाले भने, ‘सोलुको जनताले मेरो प्रदेश मेरो प्रदेश राजधानी र मेरो प्रदेश सरकार भन्ने प्रत्याभूती, गौरव कहिले गर्न पाउनु पर्ने…

सीटीइभीटीको गाडी सुनकोसीमा खस्यो, निर्देशकसहित ३ कर्मचारी बेपत्ता
आर्थिक परिवेश संवाददाता

सिन्धुली । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटीइभीटी)को गाडी सुनकोसी नदीमा खसेको छ । प्रहरीका अनुसार सिटीइभीटी कार्यालय भक्तपुरबाट खोटाङका लागि हिँडेको बिएबी ७४६७ नम्बरको स्कार्पियो बीपी राजमार्गस्थित गोलन्जोर गाउँपालिका– ७ लौकुनबाट सुनकोसीमा खसेको हो। सिटीइभीटीका तीन कर्मचारी बेपत्ता भएका छन् । गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका छन् । गाडीमा सिटीइभीटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए। सुरक्षाकर्मीरु स्थानीयबासी मिलेर वेपत्ताका खोजी गरिरहेका छन् । नदीमा पानी निकै गहिरो रहेकाले खोजीका लागि गोताखोर ल्याउनुपर्ने अवस्था रहेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।…

पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष जीएमसहित दाङका १९० जनाको सदस्यता खारेजी सिफारिस
आर्थिक परिवेश संवाददाता

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमसहित १९० जनाको साधारण सदस्यता खारेजीको सिफारिस गरेको छ ।महासंघको शुक्रबार बसेको बैठकले ‘शुद्वीकरण अभियान’ अन्तर्गत नवीकरण मापदण्डभित्र नपर्ने र क्रियाशील नरहेकाको सदस्यता खारेज गर्ने निर्णय गरेको हो । दाङ महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको गृहजिल्ला हो ।  केन्द्रीय उपाध्यक्ष जीएम हाल पत्रकारिता पेसामा निष्क्रिय भएकाले उनको सदस्यता खारेजीको सिफारिस गरिएको शाखा अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए । सदस्यता खारेजीको सिफारिसमा अध्यक्ष केसी स्वयम् परेका छन् । महासंघले बनाएको मापदण्डमा नपर्ने भएकाले आफ्नो सदस्यता पनि खारेजीको सिफारिस गरिएको उनले बताए । शुद्वीकरणको मापदण्डमा नपर्ने भएकाले आफ्नैसमेत सदस्यता खारेजीको सिफारिस…

भरतपुरमा बालेनकै शैलीमा उत्रिइन् रेनु, अवैध संरचना हटाउन सुरु
आर्थिक परिवेश संवाददाता

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारका आठ संरचना हटाउन लागिएको छ । यस्तै सोही क्षेत्रमा ३५ सङ्घसंस्थाले अवैध संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको छ । ती संरचनासमेत भत्काउनका लागि सूचना जारी गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको बताइन् । मङ्सिरदेखि नै कानुनी प्रक्रिया सुरु गरिएको बताउँदै उनले अब सबै वडामा अवैध संरचना हटाउने काम सुरु गरिने बताइन्…

मोरङका सांसद शर्माद्वारा दैलेखमा निःशुल्क स्वास्थ्य शिविर
आर्थिक परिवेश संवाददाता

दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले कर्णाली प्रदेशको दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले बुधबार दैलेखको आठबीस नगरपालिकामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गराएका हुन् । दैलेख क्षेत्र नं.२ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाही र आठबीस नगरपालिकासँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरमा १ हजार ३ सय २२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १८९ जनाको मुटुको जाँच इसीजी, २१७ जनाको रक्त परीक्षण र ३१० जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै,…