अझै भेटीएनन् ‘सीटीईभीटी’का वेपत्ता कर्मचारी
आर्थिक परिवेश संवाददाता

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ लौकुनमा दुई दिनअघि सुनकोसी नदीमा जीप खस्दा बेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजी कार्य जारी छ । सशस्त्र प्रहरीको दुई वटा गोताखोर टोली, नेपाली सेनाको एउटा गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन गरी चार वटा टोली आइतबारदेखि परिचालन गरी खोजी कार्यलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार गोलन्जोर गाउँपालिका –७ लौकुनमा शुक्रबार दिउँसो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को बा १ झ ७४६७ नम्बरको जीप सुनकोसी नदीमा खस्दा गाडीमा सवार चार जनामध्ये तीन जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा सीटीईभीटी प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्णबहादुर…

सांसद सुनिल शर्माको शिविरबाट दैलेखका ४६ सय विरामीले पाए निःशुल्क उपचार
आर्थिक परिवेश संवाददाता

दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गराएको शिविरबाट कर्णाली प्रदेशको दैलेखका ४ हजार ६ सय २० जना विरामीले निःशुल्क उपचार पाएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले दैलेखका तीन पालिकामा तीन दिन शिविर सञ्चालन गराएका हुन् । दैलेखको आठविस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । तीन वटा शिविरमा ४०८ जनाको मुटुको जाँच इसीजी, १०७ जनाको इको, ९१४ जनाको भिडियो एक्सरे र ५४२ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । बुधबार आठबीस नगरपालिकामा सञ्चालित शिविरमा १ हजार…

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी, बिहानैदेखि खोजी जारी
आर्थिक परिवेश संवाददाता

सिन्धुली । सुनकोशीमा बेपत्ता सिटीइभिटीका कर्मचारी अझै भेटिएका छैनन् । शुक्रबार सिटिइभिटीका कर्मचारी सवार जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालका अनुसार अबेरसम्म नभेटिएपछि स्थगित गरिएको खोजीकार्य आज बिहानैबाट सुरू गरिएको छ । अहिले सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीसहित ‍२४ जनाको टोली परिचालन गरिएको उनले डिएसपी दाहालले जानकारी दिए । बिहान शुक्रबार बिहान करिब साढे ११ बजे सिटिइभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । गाडीमा सवार चार जनामध्य चालक दाङको राप्ती घर भएका ३१ वर्षीय…

विद्युतको पोलबाट लडेर गम्भीर घाइते बनेका कर्मचारीको हेलिकप्टरमार्फत उद्धार
आर्थिक परिवेश संवाददाता

खोटाङ । विद्युत मर्मत गर्नेक्रममा पोलबाट लडेर गम्भीर घाइते हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३२ वर्षीय मिननाथ दाहालको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घर नजिकै काँडे भन्ने ठाउँमा नाङ्गो तार हटाएर एबिसी केबल लगाउनेक्रममा आज (बिहीबार) पोलबाट लडेर गम्भीर घाइते हुनुभएका दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि दुई लाख ४० हजारमा चार्टर गरिएको हेलिकोप्टरमार्फत गरेर काठमाडौँ लगिएको हो । विद्युतको पोलबाट लडेर घाइते बनेका दाहाललाई तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याइए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको विद्युत प्राविधकरण दिक्तेल वितरण केन्द्रका कार्यालयका प्रमुख विजयराज रेग्मीले बताए । विद्युत प्राधिकरणमा दैनिक ज्यालादारी कर्मतारीको रुपमा काम…

राप्रपाकाे युवा संगठनद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन (फाेटाेफिचर)
आर्थिक परिवेश संवाददाता

काठमाडौं। राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालले भारतबाट नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार भएको भन्दै विरोध प्रदर्शन गरेको छ। लैनचौरस्थित नेपालका लागि भारतीय दूतावास अगाडि शुक्रबार प्रदर्शन गरेको संगठन संयोजक सुजित केसीले जानकारी दिए। भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गररेर भारतले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको उनले बताए। सोही क्रममा ‘अखण्ड भारत’ नक्सासमेत जलाएको संयोजक केसीले जानकारी दिए। यसअघि संगठनले विज्ञप्तिमार्फत् सो नक्सा सच्याउन माग गरेको थियो भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।…