राँगो र भैंसीका बहस गर्न जनताले सांसद बनाएका हैनन्ः सांसद सापकोटा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भारतबाट राँगो कि भैंसी ल्याइएको भन्ने छुट्याउन नसक्ने सांसदहरूका कारण सांसद र सांसदहरूप्रति नै जनमानसमा गलत सन्देश प्रवाह भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा बुधबार आर्थिक वर्ष २०८०र०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै सापकोटाले राँगारभैंसी ल्याइएको विषयमा बहस गर्न जनताले सांसद नजिताएको बताए । प्रतिनिधि सभाको मंगलबारको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदले भारत भ्रमणका क्रममा १५ वटा राँगा ल्याउने सम्झौता गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेका थिए । सापकोटाले विपक्षी सांसदहरूतर्फ लक्षित गर्दै भैंसी वा राँगा किन ल्याएको भन्ने विषयमा भन्दा भारतको बिहारबाट भित्रिएर जनताको घरघर…
सुनकोशीमा बेपत्ता भएकाे जिप सँगै दुई जनाकाे शव भेटीयाे
आर्थिक परिवेश संवाददातासिन्धुली । सुनकोशीमा बेपत्ता भएकाे प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) काे जिप र दुई कर्मचारीको शव फेला परेको छ । घटनास्थलबाट करिब २ सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडीएको अवस्थामा जिप र शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले मंगलबार साँझ सवा ६ बजे सुनकोशीबाट गाडी र दुई वटा शव बाहिर निकालिएको हो । शवको पहिचान हुन सकेको छैन । कोशीको बहाव फर्काएर नदीमा पानी घटाएपछि गाडी र शव फेला परेको प्रहरीकाे भनाइ छ ।…
रामहरि प्रश्नः रामकृष्ण श्रेष्ठलाई अर्थ मन्त्रालयमा किन गरियो नियुक्ति ?
आर्थिक परिवेश संवाददाताकाठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अर्थ मन्त्रालयमा अवकाशप्राप्त कर्मचारी रामकृष्ण श्रेष्ठलाई कसको इन्ट्रेस्टमा किन नियुक्ति गरिएको भनेर प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तापक्षकै सांसद खतिवडाले करका दरमा हेरफेर गरिएको र गैर आधिकारिक व्यक्तिको नियुक्तिबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् । । ‘रामकृष्ण श्रेष्ठलाई २०७९ साल फागुन १९ गते नेपाल सरकारले नियुक्त गरेको देखिन्छ । त्यतिखेर अर्थमन्त्री को थियो, सचिव को थिए ?, उनले भने, ‘२ वर्ष अघि रिटायर्ड कर्मचारीलाई त्यहाँ नियुक्त गर्नुपर्ने जरुरी के पर्यो ?’ खतिवडाले २०७९ साल फागुन २५ बाट असारसम्म रहनेगरी श्रेष्ठलाई महिनाको ३४ हजार दिनेगरी निर्णय गरिएको भन्दै कसको इन्ट्रेस्टले नियुक्ति गरिएको…
गर्मी बढेपछि सर्लाहीमा पनि विद्यालय बन्द
आर्थिक परिवेश संवाददातासर्लाही । सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको हो । गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि वर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिइएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिए । गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले जेठ २१ गतेदेखि २४ गतेसम्म वर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको उनको भनाइ छ । हाल सञ्चालित परीक्षाहरु भने यथावत रहने बतायउको छ ।
अबैध सामान सहित तीनजना प्रहरी नियन्त्रणमा
आर्थिक परिवेश संवाददाताविराटनगर । मोरङको विराटनगर महानगरपालिका-५ बाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउपालिका-६ सुनसरीका २६ बर्षीय दिपक कुमार साह, २६ बर्षीय गुरुदेव साह र बिराटनगर-५ का ४२ बर्षीय अरुण यादव रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहले बिराटनगर-५ चाँदनी चोक स्थित जय गणेश जनरल स्टोरमा भारतबाट अवैधरुपमा ८६९४ पिस रजनीगन्धा र ७३४४ पिस तुलसी ल्याइ स्टोर गरिरहेको अबस्थामा को. १३ प ५०८५ नम्बरको मोटरसाईकल सहित प्रहरीले उनीहरुाई पक्राउ गरेको हो । अबैध रजनीगन्धा र तुलसी सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय…

