अबैध सामान सहित तीनजना प्रहरी नियन्त्रणमा

निकासखबर संवाददाता

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-५ बाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउपालिका-६ सुनसरीका २६ बर्षीय दिपक कुमार साह, २६ बर्षीय गुरुदेव साह र बिराटनगर-५ का ४२ बर्षीय अरुण यादव रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहले बिराटनगर-५ चाँदनी चोक स्थित जय गणेश जनरल स्टोरमा भारतबाट अवैधरुपमा ८६९४ पिस रजनीगन्धा र ७३४४ पिस तुलसी ल्याइ स्टोर गरिरहेको अबस्थामा को. १३ प ५०८५ नम्बरको मोटरसाईकल सहित प्रहरीले उनीहरुाई पक्राउ गरेको हो ।

अबैध रजनीगन्धा र तुलसी सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको गस्ती टोलीले दुहबी नगरपालिका-२ स्थितमा अवैध रुपमा भारत बाट भन्सार छली चोरी निकासी गरी नेपाल तर्फ ल्याउँदै गरेको करिव १ लाख ६ हजार मुल्य बरावरको १८० पिस कुर्ता सुरुवाल बरामद गरी आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालयमा बुझाइएको काेशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

मा प्रकाशित