दिनेले दिएपछि ढुङ्गा भए नि लिनुपर्छ, यो त मुर्रा हो : हर्क साम्पाङ
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । सदन देखी सडक सम्म मुर्रा राँगाको विषयले चर्चा पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने भारत भ्रमणसँगै मुर्रा राँगाको विषयलाई लिएर विभिन्न खिसीटिउरी भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्मा प्रधानमन्त्रीको भ्रमणलाई ‘राँगा ल्याउन चाहिँ सफल’ भनेर उडाउने धृष्टता गरेका थिए । सदन देखी सामाजिक सञ्जाल सम्म तातिइरहेका बेला धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मुर्रा लिन स्वाभाविक भएको तर्क गरेका छन् । उनले सामाजिक सञ्जाल फेस्वुकमा स्ट्याटस लेख्दै मुर्रा लिन स्वाभाविक भएको तर्क गरेका हुन । उनले लेखेका छन् । ‘दिनेले दिए पछि ढुङ्गा भए नि लिनपर्छ, यो त मुर्रा हो मुर्रा !,’…

निर्माणाधीन बसपार्कको टर्मिनल भवन दुई वर्षदेखि अलपत्र
आर्थिक परिवेश संवाददाता

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाट बजारस्थित वडा नं १२ मा निर्माणाधीन नयाँ बसपार्कको टर्मिनल भवन दुई वर्षदेखि अलपत्र परेको छ । यहाँ निर्माणाधीन साढे दुई तले अत्याधुनिक टर्मिनल भवन निर्माण कम्पनीका ठेकेदारले बीचमा काम छाडेपछि दुई वर्षदेखि अलपत्र परेको हो । सप्तरीस्थित सघन सहरी विकास भवन निर्माण कार्यालय राजविराजले हेर्ने गरी विसं २०७६ असारमा निर्माण कम्पनी रमण आइएसएनवी जेभी कन्स्ट्रक्सन प्राली जनकपुरसँग सम्झौता भई निर्माण सुरु गरिएको भवन निर्माण आयोजनाका प्रमुख इञ्जिनियर सचिन्द्र देवले जानकारी दिए । भ्याट करबाहेक १२ करोड ४९ लाखमा उक्त निर्माण कम्पनीले ठेक्का लिएर काम थालेको चार वर्ष हुन लाग्दा अहिलेसम्म भवन निर्माण अलपत्र रहेको…

दिगोपनाको कसीमा सामाजिक सुरक्षा प्रणाली
आर्थिक परिवेश संवाददाता

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशैभरि भैरहेको विरोध प्रदर्शनका बीच हालसालै सेवाबाट अवकासको उमेर ६२ बाट बढाएर ६४ वर्ष पु¥याएका छन् । निवृत्तीभरणका लागि सन् २०२२ र २०३२ का बीच वार्षिक सरदर १० अर्ब युरो न्यून हुने प्रक्षेपण रहेको सन्दर्भमा उनले यो कार्य फ्रान्सको निवृत्तीभरण प्रणालीलाई विघटन हुन नदिनका लागि गरेको भनेका छन् । सामाजिक सुरक्षा र खासगरी निवृत्तीभरण प्रणालीलाई धान्न सकिने बनाउन औद्योगिक मुलुकहरुले अवकासको उमेर बढाउने, निवृत्तीभरणको सूत्र परिवर्तन गर्ने र सुविधा कटौती गर्नेमध्ये कुनै उपाय गर्ने गर्दछन् । बढ्दो औसत आयु र घट्दो जन्मदरले गर्दा संसारभर कमाउने जनसङ्ख्या अनुपात घट्दो र आश्रित जनसङ्ख्या अनुपात बढ्दो छ । जनसंख्याको…

२ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आराेपमा मेडिसिटी अस्पतालका ३ जना कर्मचारी पक्राउ
आर्थिक परिवेश संवाददाता

ललितपुर । २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आराेपमा मेडिसिटी अस्पतालका ३ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–४ घर भइ भक्तपुर ठिमी बस्दै आएका मेडिसिटीको एक्जुकेटिभ आईपी बिलिङमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटारका ३४ वर्षीय आशिष अर्याल रहेका छन् । उनीहरुले ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोप छ । पक्राउ परेका अस्पतालमा बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरु रहेका छन् । उनीहरुलाई ठगी आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हाे। पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातको कसुरमा…

महिलाको नाममा भू–स्वामित्व बढ्दै
आर्थिक परिवेश संवाददाता

रसुवा । मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ । महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै पारिवारिकरूपमा हुने विभेद हटाउन सरकारले विगत लामो समयदेखि राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्चात् रसुवामा पछिल्लो समय महिलाको नाममा भू–स्वामित्व बढ्न थालेको हो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क मङ्गलबार धुञ्चेमा सार्वजनिक गर्दै तथ्याङ्क कार्यालय नुवाकोटले आठ सय २६ रसुवाली महिलाले एकलरूपमा भू–स्वामित्व कायम गरेको जानकारी दिएको हो । तीमध्ये एक सय ८८ महिलाको घर निर्माण र छ सय ३८ महिलाको जग्गा मात्र रहेको छ । नौ सय…