भारतबाट तरिकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी
आर्थिक परिवेश संवाददातादाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका किसानले लगाएको तरकारी बारी मै सुकेर जना थालेको छ । भारतबाट तरिकारी भित्रिँदा किसानले लगाएको तरकारी बारी मै सुकेर जना थालेको हो । मोतीपुरका किसान राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्छन् । उनलाई गर्मीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उामा अलिकती पनि उत्साह छैन । उनले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भएको छ । बिक्री नभएपछि बस्तुभाउलाई खुवाउनुपर्ने बाध्यता आएको उनी बताउँछन् । “१७ कट्ठामा लगाएको हुँ, एउटा पनि बिक्री भएन”, उनले भने, “अब गाई, बाख्रालाई खुवाउनुभन्दा विकल्प भएन ।” उनले…
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख गरिएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले लामो बहस र छलफलपछि सर्वसम्मतिमा पारित गरेको उक्त नियमावलीमा सदनलाई मर्यादित र सांसदलाई अनुशासित तुल्याउने हेतुले त्यस्ता धेरै प्रावधान समेटिएका हुन् । सत्तापक्ष र विपक्ष सदस्यका केही सदस्यबाट लोकप्रिय हुने होडबाजी र प्रतिशोधपूर्ण अभिव्यक्तिले जनताको सार्वभौमसत्ता सम्पन्न संसदमा पछिल्ला समय भएका अभ्यासले संसदीय मर्यादा गुमाएको भनी निकै आलोचना भएको छ । अमर्यादित होइन, शिष्ट हुनु पर्छ नेकपा (एमाले) संसदीय दलका उपनेता…
नेपालमा कतिखेर कसको पद जान्छ‚ टुंगो हुँदैनः मन्त्री मोदी
आर्थिक परिवेश संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालमा कुनबेला कसको पद जाने भन्ने टुंगो नभएको बताएका छन् । मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्् । मन्त्री मोदीले सञ्चार माध्यममा आएजस्तो आफूलाई फिर्ता बोलाउनेबारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन् । आफूलाई मन्त्रीबाट फिर्ता बोलाउनेबारे कुनै जानकारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालबाट नभएको पनि मोदीको भनाइ थियो । पार्टीबाट मन्त्रिपरिषद्मा थारू समुदायको आफू एक्लै रहेको र खराब काम पनि नगरेको भन्दै प्रधानमन्त्रीले आफूलाई फिर्ता नबोलाउनेमा विश्वास रहेकको भनाइ थियो । आफू मन्त्री भएर आएसँगै मन्त्रालय र कर्मचारी प्रशासनभित्र सुधारका कामहरू गरेको मोदीको भनाइ…
बसकाे ठक्करबाट स्कुटर चालकको मृत्यु , आक्रोशित स्थानीयले लगाए बसमा आगो
आर्थिक परिवेश संवाददाताविराटनगर । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट गइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका छन् । मोरङ उर्लाबारी नगरपालिका ३ नयाँ मङ्गलबारेमा मे १ ख ३०७३ नम्बर बसले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्कर बाट स्कुटर चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको पहिचान नखुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोख्रेलले बताए । चालक झापा कनकाई नगरपालिका ३ बस्ने वर्ष ३२ को टंक प्रसाद सुबेदी इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा लुम्बिनी केवलकारको औपचारिक उद्घाटन, लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन
आर्थिक परिवेश संवाददाताबुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भएको छ । प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी आज औपचारिक उद्घाटन भएको हो । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । उद्घाटन पछि लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकिय गन्तब्य बनेको छ । यसअघि यहि जेष्ठ…

