नेपालमा कतिखेर कसको पद जान्छ‚ टुंगो हुँदैनः मन्त्री मोदी

निकासखबर संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालमा कुनबेला कसको पद जाने भन्ने टुंगो नभएको बताएका छन् । मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्् ।

मन्त्री मोदीले सञ्चार माध्यममा आएजस्तो आफूलाई फिर्ता बोलाउनेबारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन् । आफूलाई मन्त्रीबाट फिर्ता बोलाउनेबारे कुनै जानकारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालबाट नभएको पनि मोदीको भनाइ थियो । पार्टीबाट मन्त्रिपरिषद्‌मा थारू समुदायको आफू एक्लै रहेको र खराब काम पनि नगरेको भन्दै प्रधानमन्त्रीले आफूलाई फिर्ता नबोलाउनेमा विश्वास रहेकको भनाइ थियो ।

आफू मन्त्री भएर आएसँगै मन्त्रालय र कर्मचारी प्रशासनभित्र सुधारका कामहरू गरेको मोदीको भनाइ थियो ।

मा प्रकाशित