राप्रपाकाे युवा संगठनद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन (फाेटाेफिचर)

निकासखबर संवाददाता


लैनचौरस्थित नेपालका लागि भारतीय दूतावास अगाडि शुक्रबार प्रदर्शन गरेको संगठन संयोजक सुजित केसीले जानकारी दिए।

भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गररेर भारतले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको उनले बताए।

सोही क्रममा ‘अखण्ड भारत’ नक्सासमेत जलाएको संयोजक केसीले जानकारी दिए।


यसअघि संगठनले विज्ञप्तिमार्फत् सो नक्सा सच्याउन माग गरेको थियो भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । तर, भारतले सो नक्सा नसच्याएपछि आन्दोलनमा उत्रिनुपरेको संयोजक केसीले बताए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित