माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु

निकासखबर संवाददाता

सिन्धुपाल्चोक  ।  सिन्धुपाल्चोककाे चाैतारा-संगाचाेकगढी नगरपालिका -४ छापमा गएराति भएकाे माेटरसाईकल दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ ।  राति अन्दाजी १२ बजे छापबाट नाैविसे तर्फ जाँदै गरेकाे बा ४५ प ५५४१ नम्बरको माेटरसाइकल दुर्घटना भएकाे हाे।

दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोक चाैसा नपा ११ का अमन माझी र बलेफी गापा वडा नम्बर २ का प्रदीप माझी रहेका छन्  । माेटरसाइकल सडकबाट झण्डै ५ सय मिठर तल खसेकाे र दुबै जनाकाे घटनास्थलमै मृत्यु भएकाे वाड नम्बर ४ का अध्यक्ष कुमार शर्माले जानकारी दिए ।

माेटर साइकल वडा नं. ४ कुविण्डे स्थित शनि डाँडाको भिरबाट खसेकाे हाे ।

मा प्रकाशित