२३ वटा ठेकेदार कम्पनी कालोसूचीमा

निकासखबर संवाददाता

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। सरकारले पप्पु कन्ट्रक्सनसहित २३ ठेकेदार कम्पनी कालोसूचीमा राखेकाे हाे ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।  विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम कार्यालयको जेठ १६ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

यी ठेकेदार मध्ये १ नम्बरमा उल्लेखित कलेज अफ इम्प्लोइमेन्ट प्रालिलाई ३ वर्षको लागि कालोसूचीमा राखिएको हो । त्यस्तै २ नम्बरमा उल्लेखित ठेकेदारलाई २ वर्षको लागि तथा ३,४, र ५ मा उल्लेखित ठेकेदारलाई १ वर्ष ३ महिनाको लागि कालोसूचीमा राखिएको जनाइएकाे छ ।

बाँकीलाई भने १ वर्षको लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

यी हुन् कालोसूचीमा परेकाहरु ?

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित