भारतीय उत्पादनको कब्जामा नेपाली बजार, नेपाली किसान मारमा
आर्थिक परिवेश संवाददाता

बाँके। लागतबराबर पनि मूल्य नपाएपछि बाँकेको खजुरा गाउँपालिका– २ ए गाउँका अगुवा किसान लालबहादुर खत्रीले दुई सय क्यारेट गोलभेडा मलखादमा खन्याएका छन् । प्रतिकेजी पाँच रुपैयाँ पनि नपाएपछि उनले गोलभेडा मलखादमा हालेका हुन् । सरकारी अनुदानलगायत विभिन्न सहुलियतका कारण कम लागतमा उत्पादन हुने भारतीय गोलभेडा बजरामा सस्तोमा आउँदा नेपाली उत्पादनले उचित मूल्य पाउन नसकेको उनको गुनासो छ । नेपाली किसानलाई बिउ, मललगायतमा राज्यले सहुलियत नदिएका कारण उत्पादन लागत महँगो पर्न जान्छ । उनको बारीमा करिब सय क्विन्टल गोलभेडा टिप्न बाँकी रहेको छ । यतिबेला उनको गोदाम पनि टमाटरले भरिएको छ । लागतसमेत उठ्ने मूल्य नपाएपछि दुई सय क्यारेट गोलभेडा मलखादमा फाल्न बाध्य भएको उनले बताए ।…

कार दुर्घटनामा चालक सहित डा. सन्जुकाे निधन
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुरतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने करिब ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । घाइते भएकी डा. सन्जु खड्का र कारका चालक सुवास अधिकारीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको…

विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती
आर्थिक परिवेश संवाददाता

वरिाटनगर । मोरङको विराटनगरका बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका हुन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ । विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्य असर पर्ने जोखिम छ । भारतसितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् । काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा…

सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा : उपप्रम एवं गृहमन्त्री श्रेष्ठ
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्योरो अवस्थामा आइपुगेको बताएका छन् । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक गर्दै उनले भ्रष्टाचार र कमिसनको साँठगाँठलाई तोडेर मात्र देश बनाउन सकिनेमा जोड दिए । नयाँ मूल्य स्थापित गरेर समाजलाई उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । “अहिले जीवन मूल्यमा ह्रास भएको छ, स्वार्थका निम्ति राज्यद्रोह गर्ने मानिस छन्, यस्तो अवस्थामा सफा राजनीतिले मात्र देशलाई परिवर्तन गर्न सक्छ, पार्टी र नेता नबदलिई देश बदलिँदैन, पुस्तकमा लेखकको आशय पनि यही छ, संसारका सुन्दरतम देशमध्ये औँलामा गन्न सकिनेमा नेपाल पनि पर्छ तर हामी…

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार (आदेश सहित)
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको छ। पूर्व बालसेनाहरूले दर्ता गर्न लागेको रिट सर्वोच्च प्रशासनले जेठ १६ गते दरपीठ गरेको हो। पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, रामेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईको रिट सर्वोच्चले दर्ता गर्न नमानेको हो। नेकपा (माओवादी केन्द्र)को एक दशक लामो सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको भन्दै उनीहरू रिट लिएर सर्वोच्च गएका थिए । द्वन्द्वकालका घटना नियमित अदालतबाट नभई संक्रमणकालीन न्याय संयन्त्रले सम्बोधन गर्न उपयुक्त हुने भन्दै रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दर्ता नहुने आदेश…