परिवर्तनका लागि अब आन्दोलन गरिरहनु पर्दैन : पूर्वसभामुख नेम्वाङ
आर्थिक परिवेश संवाददातातत्कालीन संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) ससदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । कानूनी पृष्ठभूमि रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका–ससदको नेतृत्व सम्हाले । उनले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भई चर्काे सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई सम्वादमार्फत नै समस्या समाधानका लागि निरन्तर प्रेरणा प्रदान गरे । संविधासभाबाट संविधान जारी भएसगैँ उहाँले त्यसमा सफलता प्राप्त गरे । पूर्वसभामुख नेम्वाङ अहिले पनि सङ्घीय ससदमा सत्तापक्ष र प्रतिपक्षका कारण उत्पन्न परिस्थितिमा राजनीतिक र कानूनी पाटोबाट आउने समस्या सुल्झाउन मुख्य सूत्रधारको काम गर्दै आएका छन् । प्रस्तुत छ, १६ औँ गणतन्त्र दिवसका अवसरमा डेढ दशकदेखि मुलुकमा भइरहेका…
गणतन्त्रको सबलीकरणको पक्षमा
दमननाथ ढुङ्गानानेपाली जनताले लामो सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छन् । ‘गणतन्त्र’ भनेको राजसंस्था विस्थापित गर्नुमात्र होइन । गणतान्त्रिक शासन प्रणाली समग्रमा राजसंस्थाकालीन प्रणालीभन्दा हरेक हिसाबले राम्रो शासन प्रणाली मानिन्छ । यसरी प्राप्त भएको गणतन्त्रलाई जन उत्तरदायी, लोकप्रिय तथा दह्रो बनाउँदै लैजानुपर्ने अहिले ठूलै चुनौतीको घडी पनि हो । यस्ता चुनौती पार गर्ने क्षमता सर्वथा जनताको जागरुगता, गणतन्त्र रक्षा विषयक अन्तरदलीय एकता तथा जनप्रतिनिधिहरुको नैतिकता तथा निष्ठामा निर्भर गर्ने कुराहरु हुन् । वर्तमानमा राजसंथा पुनस्र्थापनावादी अथवा सङ्घीयता विरोधीहरुले हाम्रा निर्वाचित निकायहरुमा मत वा सिट सङ्ख्या बढाएकाले पनि यिनका स्वर ठूलो हुन थालेको चर्चा देशभर चल्ने गरेको छ । यस्ता चहलपहललाई…
दिलु पन्तको तातो गोली सार्वजनिक
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दिलु पन्तको शब्द रचनामा तातो गोली गीत सार्वजनिक भएको छ । युट्युब च्यानल मार्फत् सार्वजनिक भएको उक्त गीत गणतन्त्र दिवसको अवसर पारेर हिजो सार्वजनिक गरिएको बताइएको छ । गायक शिशिर योगीको स्वर, संगीतकार बीबी अनुरागीको सङ्गीतमा नेतृ दिलकुमारी पन्तको शब्द रचनामा तातो गोली नामक युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरिएको हो । गीतबारे रचनाकार पन्तले सामाजिक सञ्जालमा लेखेका छन् : ’२०६२–०६३ मा भएको जनआन्दोलनकै मैदानमा लेखिएको उक्त गीतलाई अहिले सार्वजनिक गरिएको हो । जतिबेला शहीद भीमसेन दाहालको छातीमा गोली लागि मेरै आँखा अगाडि ढल्नु भएको थियो अनि आफैंलाई स्पर्श गरि वारपार हुने गरी टियर…
भिरबाट लडेर आमा–छोराकाे मृत्यु
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । धादिङमा भिरबाट लडेर आमा–छोराकाे ज्यान गएकाे छ । धादिङकाे बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उहाँका दुई वर्षीय छोरा साजनको भिरबाट लडेर ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमवार हिजाे घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् । दुवैजनाको उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
भाेजपुरकाे मानेभञ्याङमा खानेपानीकाे हाहाकार
आर्थिक परिवेश संवाददाताभोजपुर । उपभोग गर्दै आएको खानेपानी एक महिना बढी समयबाट बन्द भएपछि भोजपुर मानेभञ्याङका स्थानीय समस्या परेका छन् । स्थानीयले पानी उपभोग गर्दै आएको पिखुवाखोला लिफ्टिङ आयोजना एक महिनाअघिबाट अवरोध भएसँगै स्थानीय सम्स्यामा परेका हुन् । पानी सञ्चालनको जिम्मा लिएको उपभोक्ता समिति निस्क्रिय बनेपछि नियमितरूपमा पानी उपभोग गर्न नपाए पछि स्थानीय आक्रोशितसमेत भएका छन् । समितिले महसुल तिर्न नसक्दा पानी तान्नको लागि पम्पमा जडान गरिएको लाइन विद्युत् प्राधिकरणले काटी दिएपछि स्थानीय पानी उपभोग गर्नबाट बञ्चित भएका हुन् । समितिले व्यवस्थितरूपमा योजना सञ्चालन गर्न नसक्दा खानेपानीबाट बञ्चित भएको स्थानीयवासीको भनाइ छ । उपभोक्ता समितिले महसुलवापतको रु ११ लाख बढी रकम नतिरेको…

