सिन्धुलीमा सर्पले डसेर दाजु–भाइको मृत्यु
आर्थिक परिवेश संवाददाता

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आमा गंगा पहाडीसँगै घरमा सुतिरहेका उनीहरुलाई आज बिहान सर्पले डसेको थियो । आज बिहान करिब ३ बजेतिर कान्छो छोरा छटपटाएपछि गंगा व्युँझिएकी थिइन् । त्यसपछि छोराहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर रिफर गरिएको थियो । आज बिहान करिब ८ बजेतिर चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेको…

मेरो नाम लिएर पार्टीकाे दाेकान विस्तार गर्ने काम नगर्नूः हर्क ‘सम्पाङ’ राई
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सुनसरीकाे धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले आफू कुनै पनि राजनीतिक दलसँग निकट नरहेको प्रष्ट पारेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफू कुनै पार्टीमा नरहेकेा प्रष्ट पारेका हुन् । आफू कुनै दल निकट नरहेकाे भन्दै उनले आफ्नो नाम लिएर पार्टी विस्तारको काम नगर्न पनि आग्रह गरेका छन् । उनले लेखेका छन्- ‘मेरो नाम लिएर कसैले पार्टी विस्तार गर्दैछ रे,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म कुनै पार्टी नजिक छैन ।’ उनले आफ्नो नाम बेचेर लाभ लिने काम नगर्न पनि आग्रह गरेका छन् । हरेक विषयमा प्रष्ट बोल्ने उनले आफ्नो नाम दुरूपयोग गर्ने दल कुन हो भन्नेबारे चाहिँ…

आर्थिक वर्ष २०८०/८१ काे बजेट पूर्णपाठ सहित
आर्थिक परिवेश संवाददाता

काठमाडौं  । सरकारले आगामी वर्षको लागि बजेट ल्याएको छ । सोमबार सदनको संयुक्त सभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट प्रस्तुत गरेका थिए। सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ। हेरौं बजेटको पूर्ण पाठः 

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए । संसदमा बजेट भाषणमार्फत अर्थमन्त्रीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने घोषणा गरिरहँदा सांसदहरुबीच हाँसो समेत चलेको थियो । सरकारले गाँजा खतीकाे सम्भाव्यता अध्ययन गरीने कुरा बजेटमा समाबेश गरेपछि किसानहरु भने उत्साहित भएका छन् ।

गणतन्त्रको विकल्प सदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड 
आर्थिक परिवेश संवाददाता

देशभर आज १६ औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सरकारले यसपटक परम्पराभन्दा बाहिर निस्केर जनताको सहभागितामा गणतन्त्र दिवस मनाउने निर्णय गर्‍यो । नेपाली जनताले खास अर्थमा अधिकार पाएको दिनका रुपमा आजको दिनलाई स्मरण गरिन्छ । गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत अधिकार स्थापित गर्न दशवर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला मुलुकको कार्यकारी प्रमुखको रुपमा रहेका छन् । नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने र आमूल परिवर्तनको नेतृत्व समेत गरेका प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक र समाचारदाता रमेश लम्सालले गरेको अन्तरवार्ताको सम्पादित अंशः प्रधानमन्त्री ज्यू , आज हामी १६ औँ गणतन्त्र दिवस मनाइरहेका छौँ । यस…