गणतन्त्रमाथि धावा बोेल्नेलाई डाँडो कटाउने कर्णालीका मुख्यमन्त्रीको चेतावनी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प कदापी राजतन्त्र हुन नसक्ने स्प्रष्ट पारेका छन् ।  १६औं गणतन्त्र दिवसको अवसरका कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले यस्ताे बताइका हुन् । उनले गणतन्त्रको व्यवस्थामाथि धावा बोल्नेलाई डाँडो कटाउने चेतावनीसमेत दिएका छन् । उनले भने,म भन्न चाहन्छु गणतन्त्रको विकल्प राजतन्त्रविहिन समाजवाद हुन् सक्छ। देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेका छन्। यो व्यवस्था दशकौं लामो संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस्। जनतालाई जिस्काउने काम कसैले नगरोस्। केहीदिन अघि बसेको कर्णाली प्रदेशसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वडामहाराजधिराज भनेर सम्बोधन गरेकी…

टिकापुर हत्याकाण्डमा कसरी मारिएका थिए ८ जना ?
आर्थिक परिवेश संवाददाता

काठमाडौं । राज्य पुनर्संचना गर्दा सिमांकनको विषयमा असन्तुष्ट थारु समुदायले थरुहट–थारुवान प्रदेशको माग गर्दै पश्चिम नेपालका कैलाली–कञ्चनपुरसहितका जिल्लामा आन्दोलन गर्दै आएका थिए । त्यसविरुद्ध अखण्ड सुदूरपश्चिमको नारासहित पहाडी समुदायले पनि आन्दोलन गर्दै आएका थिए । अखण्ड सुदूरपश्चिमको तुलनामा थरुहट–थारुवान संघर्ष समितिको आन्दोलनले चर्को रुप लियो । आन्दोलनकारीले सरकारी कार्यालयहरुमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने अभियान चलाएका थिए । कैलालीको टिकापुरमा ७ भदौ २०७२ मा थारु समुदायले चोक र सार्वजनिक स्थानमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने कार्यक्रम थियो । उनीहरुले सडक बन्द गरेर प्रदर्शन जारी राखेका थिए । तत्कालीन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जिल्लामा निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीले उल्लंघन…

हरियो कपडा लगाएर प्रधानमन्त्रीले रोपे फर्सी र घिरौला !
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । आज १६औं गणतन्त्र दिवस उल्लासमय वातावरणमा मनाइँदैछ । दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छ । दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् । हरियो कपडा लगाएर उनले सरकारी निवास परिसरमा रहेको करेसाबारीमा सोमवार बिहान विभिन्न तरकारीका बिउ र बेर्ना रोपेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका छन् । बेर्ना रोप्दै उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताए । ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको…

गणतन्त्र प्रतिको आस्था किन बढेन ?
आर्थिक परिवेश संवाददाता

पुस १, १४ र फागुन ७ २०४७ सालभन्दा अगाडि धुमधाम मनाइन्थ्याे। ति दिनहरु अनुशासित थिए । यद्दपी पद्धति निरंकुश थियो। त्यसैले होला शासकका धेरै कुरा बाहिर जनताले थाहा पाउँदैन थिए।अहिलेको जस्तो सूचनाको पहुँच पनि थिएन । प्रजातन्त्रका समर्थकहरु ति पर्वहरूको भित्रभित्रै विरोध गर्थे। तर, नेपालका राजाहरु त्यति निरंकुश थिएनन। जति अहिले व्याख्या गरिन्छ। शासनप्रति जनताको अटुट आस्था थियो। झाँकी गाउँगाउँबाट निस्किन्थ्यो ।स्वतःस्फूर्त मानिस टुडिखेलमा जम्मा हुन्थे।राजाको फोटो हेर्दा मात्र पनि आस्था जाग्थ्याे। यो आस्था सोझा जनताकाे आस्था मात्र थिएन। कमसेकम जनतामा देशको अनुभूति थियो। म देशमा छु। र मलाई देशले संरक्षण गरेको छ भन्ने पूर्ण विश्वास थियो। मरिचमान सिंह श्रेष्ठ,…

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गरेका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका छन् । यसमा रेशम चौधरीसमेत समावेश गरिएका छन् । आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो ।