प्रमाणित गर म एक मिनेट पनि पदमा बस्दिनँः मन्त्री किराती
आर्थिक परिवेश संवाददाता

काठमाडौं । पशुपतिनाथको ३२ रोपनी जग्गा अपचलनलाई वैधता दिएको भनेर गरिएको प्रचार झुटो भएको मन्त्री सुदन किराँतीले दाबी गरेका छन् । उनले यसलाई प्रमाणित गर्न चुनौती दिँदै आरोप सही सावित भए एक मिनेट पनि पतमा नबस्ने प्रष्ट पारेका छन् । आइतबार प्रकाशित एक अखबारले पशुपतिनाथको ३२ रोपनी जग्गा अपचलनलाई मन्त्री सुदन किराँतीले वैधता दिएको समाचार प्रकाशित गरेपछि उनले त्यसबारे मुख खोल्दै यस्तो बताएका हुन् । आफूले ‘घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको’ मन्त्री किराँतीको भनाइ छ । ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला । प्रमाणित गर…

विराटनगरमा भएकाे दाेहाेराे झडपमा ३० जनाभन्दा धेरै घाइते
आर्थिक परिवेश संवाददाता

विराटनगर । पहिचानवादी र सुरक्षाकर्मीबीच आइतबार कोसी प्रदेशसभा सचिवालयनजिकै झडप हुँदा विराटनगर रणभूमि बनेको छ । कोसी नामकरणको विरोधमा पहिचानवादीले आन्दोलन गरिरहेका छन् । दिउँसो २ बजेका लागि बोलाइएको बजेट अधिवेशन अवरोध गर्ने गरी प्रदर्शनकारीले प्रदेशसभा भवनको सय मिटरपूर्व देवकोटा चोकमा प्रदर्शन गरेपछि झडप भएको हो । त्यसक्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ गरी ३० जनाभन्दा धेरै घाइते भएका छन् । बिहानैदेखि प्रदेशसभा आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच आन्दोलनकारीले देवकोटा चोकमा दिउँसो १ बजेदेखि प्रदर्शन थालेका थिए । ढुंगामुढा गर्दैै आन्दोलनकारी अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले अश्रुग्यास, पानीको फोहरा र हवाई फायर गरेको थियो । प्रारम्भिक रूपमा आएको…

प्रमाणित गर म एक मिनेट पनि पदमा बस्दिनँः मन्त्री किराती
आर्थिक परिवेश संवाददाता

काठमाडौं । पशुपतिनाथको ३२ रोपनी जग्गा अपचलनलाई वैधता दिएको भनेर गरिएको प्रचार झुटो भएको मन्त्री सुदन किराँतीले दाबी गरेका छन् । उनले यसलाई प्रमाणित गर्न चुनौती दिँदै आरोप सही सावित भए एक मिनेट पनि पतमा नबस्ने प्रष्ट पारेका छन् । आइतबार प्रकाशित एक अखबारले पशुपतिनाथको ३२ रोपनी जग्गा अपचलनलाई मन्त्री सुदन किराँतीले वैधता दिएको समाचार प्रकाशित गरेपछि उनले त्यसबारे मुख खोल्दै यस्तो बताएका हुन् । आफूले ‘घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको’ मन्त्री किराँतीको भनाइ छ ।  ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला । प्रमाणित गर…

विराटनगरमा नामकरणको विरोधमा उत्रेका १३ जना पक्राउ
आर्थिक परिवेश संवाददाता

विराटनगर ।  विराटनगरमा कोशी प्रदेश नामकरणको विरोधा उत्रेका  १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशसभा बैठक बोलाइएको दिन आन्दोलन गरिरहेका जातीय पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगरको देवकोटा चोकबाट १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा थिए । गत पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ । उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनकोे घोषणा गरेका…

खडेरी र फौजी किरोको प्रकोपले मकै बालीमा क्षति
आर्थिक परिवेश संवाददाता

म्याग्दी ।  समयमा नै पानी नपर्दा ढिलो गरी मकै रोपेका म्याग्दीका किसान मकै उम्रेदेखि नै फौजी किरोको प्रकोप देखिएपछि उत्पादन घट्ने चिन्तामा छन् । विगतका वर्षको तुलनामा यसवर्ष म्याग्दीमा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश बनेका हुन् । जिल्लाको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी तटीय क्षेत्रका किसानले लगाएको मकै बालीमा रोग तथा फौजी किरोको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन नपाएका बाबियाचौरका किसान मणिलाल कँडेलले बताए । जिल्लाको लेकदेखि बेँसीसम्मका अधिकांश खेतीयोग्य जमिनमा मकैको खेती हुन्छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको ११ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३७ हजार आठ सय १७ टन मकै…