प्रमाणित गर म एक मिनेट पनि पदमा बस्दिनँः मन्त्री किराती

निकासखबर संवाददाता

काठमाडौं । पशुपतिनाथको ३२ रोपनी जग्गा अपचलनलाई वैधता दिएको भनेर गरिएको प्रचार झुटो भएको मन्त्री सुदन किराँतीले दाबी गरेका छन् । उनले यसलाई प्रमाणित गर्न चुनौती दिँदै आरोप सही सावित भए एक मिनेट पनि पतमा नबस्ने प्रष्ट पारेका छन् ।

आइतबार प्रकाशित एक अखबारले पशुपतिनाथको ३२ रोपनी जग्गा अपचलनलाई मन्त्री सुदन किराँतीले वैधता दिएको समाचार प्रकाशित गरेपछि उनले त्यसबारे मुख खोल्दै यस्तो बताएका हुन् ।

आफूले ‘घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको’ मन्त्री किराँतीको भनाइ छ ।

‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला । प्रमाणित गर म एक मिनेट बस्दिनँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

मा प्रकाशित