भ्रष्टाचारविरुद्ध काम गर्न खोज्दा चौतर्फी घेराबन्दी भएको छः मन्त्री शर्मा

निकासखबर संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले भ्रष्टाचारविरुद्ध काम गर्न खोज्दा चौतर्फी घेराबन्दी भएको बताएकी छन ।

प्रेस सेन्टर नेपालको १९औँ केन्द्रीय साधारणसभा तथा २१औँ कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा काठमाडौंको शंखरापुरमा आयोजित कार्यक्रममा मन्त्री शर्माले यस्तो भ्रष्टाचारविरुद्ध वर्तमान सरकार कृतसंकल्पित भएको बताएकी हुन् ।

उनले भनिन्, ‘जब विकृति र विसंगतिविरुद्ध लड्न खोज्दै छौं । जसरी यसविरुद्ध लड्ने मोर्चामा छौं । यो बेला चौतर्फी घेराबन्दी भईरहेको छ । भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा खुट्टा तानिरहेका छन् ।’

मन्त्री शर्माले राजनीति र पत्रकारिता एक आपसको परिपुरक भएकाले पत्रकारहरुलाई राम्रो कामको प्रचार र नराम्रो कामको खबरदारी गर्न आग्रह गरिन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित