भिरबाट लडेर आमा–छोराकाे मृत्यु

निकासखबर संवाददाता

काठमाडाैं ।  धादिङमा भिरबाट लडेर आमा–छोराकाे ज्यान गएकाे छ । धादिङकाे बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उहाँका दुई वर्षीय छोरा साजनको भिरबाट लडेर ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमवार हिजाे घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् ।

दुवैजनाको  उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

मा प्रकाशित