शरणार्थी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, ३२ जना प्रतिवादी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकार बहालवाला सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाएको हो। प्रहरीले हाल हिरासतमार रहेका १६ जना र फरार सूचीका १६ जनालाई प्रतिवादी बनाएको छ। अन्य केहीको पनि नाम प्रतिवेदनमा रहे पनि अझै उनीहरुविरुद्ध अनुसन्धान आवश्यक पर्ने प्रहरीले जनाएको छ। अब सरकारी वकिलले आगामी शुक्रबारसम्म यो मुद्दा जिल्ला अदालतमा पुर्‍याइसक्नु पर्नेछ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा पूर्वउप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँणसमेत १६ जना पक्राउ परेका…

ब्राउन सुगर सहित १ जना पक्राउ
आर्थिक परिवेश संवाददाता

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१७ ईस्लामपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । भारत बाट नेपाल तर्फ आउदै गरेका साईकल यात्री बिराटनगर महानगरपालिका-१८ का ३० बर्षीय शुसिल मण्डललाई अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे । प्रहरीले शंका लागि चेकचाँज गर्दा उनको साथबाट १२ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनकलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरील जनाएकाे छ ।

अध्ययनविनाको हावादारी योजना नल्याउन माधव नेपालकाे आग्रह
आर्थिक परिवेश संवाददाता

  काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्ययनविनाको हावादारी योजना नल्याउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । उनले नामका लागि गरिने व्यक्तिवादी सोचबाट गरिएको योजनाले विकास गर्न नसकेकोले देशभरका ५७३ वटै पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्न गल्ती नगर्न समेत आग्रह गरे । अध्ययनविनाको हावादारी योजना नल्याउन आग्रह गर्दै उनले ‘६७४१ वडामा खेल मैदानको र ६५३ वटा पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्ने गल्ती नगर्न आग्रह गर्छु ।’ उनले भने, -‘नामका लागि गरिने काम, व्यक्तिवादी सोचले बिग्रिएको…

कार्यकारी निर्देशक पौडेलसहित नौजनाविरुद्ध ६९ करोडको भ्रष्टाचार मुद्दा
आर्थिक परिवेश संवाददाता

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत नौजनाविरुद्ध करिब ७० करोडको बिगो माग गर्दै विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। २०७६ सालमा निकै चर्चामा आएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो। सेक्युरिटी प्रिन्टिङ प्रेस र फ्युल स्टोरेज ट्यांक खरिदमा ठेकेदारसँग मिली कमिसन लिएर दुईवटा ठेक्का सम्झौता र भुक्तानी गरी अनियमितता गरेको अख्तियारको आरोप छ। प्रिन्टिङ प्रेस खरिद गर्नुअघि नै विभिन्न बहानामा अस्वाभाविक लागत अनुमान तयार गरी भुक्तानी गरेको भेटिएको हो। सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत सुरक्षण मुद्रण केन्द्रले कानुनविपरीत अस्वाभाविक रूपमा बढी…

छापामा आज : कसले के लेखे ?
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । काठमाडौंबाट प्रकाशित दैनिक अखबारहरूले सोमबार विविध विषयलाई समाचारको रूप दिएर छापेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दाबारे निरन्तर फलोअपमा रहेका अखबारले आज पनि यसलाई नछुटाइ ‘कभरेज’ गरेका छन् । नयाँ प्रधान सम्पादक पाएको कान्तिपुर दैनिकले बजार नपाएर बारीमै तरकारी सुकेको तस्बिरलाई निकै प्राथमिकतापूर्वक मुख पृष्ठमा छापेको छ । भुटानी शरणार्थी प्रकरण चलिरहँदा जापानमा राजवंशी कोटा खुलेको भन्दै ठगी गरिएको अर्को विषय सतहमा आएको छ, जसलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । समाचारअनुसार राजवंशी कोटाका नाममा झापा र मोरङका भित्री गाउँका ४० युवासँग गिरोहले तीन करोड ठगी गरेको छ । मदिरा सेवन गरी…