भ्रष्टाचारको अर्थ राजनीति विषयक विमर्श सम्पन्न
आर्थिक परिवेश संवाददाता

काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा ,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिक शास्त्रको सर्वोच्च निकाय नेपाल प्रज्ञा–प्रतिष्ठानको वर्तमान कार्यसमितिले बृहत् रूपमा प्राज्ञिक कार्यसम्पादन गरिरहेको छ। नेपाल वैकल्पिक अध्ययन समाजसँगको सहकार्यमा ‘भ्रष्टाचारको अर्थ राजनीति’ विषयक विमर्श कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति भूपाल राईले सांस्कृतिक आयामको विश्लेषण नगरी भ्रष्टाचारलाई बुझ्न सकिँदैन । भ्रष्टाचार न्यायिक ,प्राज्ञिक,नीतिगत ,वैचारिक र संस्थागत लगायतका अनेकौँ रूप र स्वरूपमा प्रकट हुने गर्दछन् । तिनको निर्मुल पार्न सके मात्रै देशको समुन्नति हुने बताए । सो विषयमा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूले अनुचित ढङ्गबाट आर्जन गरेको सम्पत्ति नै भ्रष्टाचार भएको…

तपाइँको टाउको दुख्छ भने यी कुरा कहिल्यै नखानुस
आर्थिक परिवेश संवाददाता

काठमाडौं । यदि तपाईंको टाउको दुखिरहेको छ भने केही खानेकुराहरुले त्यसलाई अझै बढावा दिन सक्छ । त्यसैले टाउको दुखेको बेला केही खानाहरु खानबाट बच्नुपर्दछ । यदी तपाईंलाई ती खानाहरुको बारेमा थाहा छैन भने आज जान्नुहुनेछ । रक्सी धेरै मात्रामा रक्सीको सेवनले टाउको दुखाई अझै बढ्न सक्छ । ह्यांगओभरको रुपमा पनि तपाईंको टाउको दुखेको हुन सक्छ । त्यसैले टाउको दुखिरहेको बेला रक्सी पिउनु हुँदैन । क्याफिन टाउकोमा तेज दुखाई भइरहेको बेला क्याफिनले भरपूर खाना खानु हुँदैन । यसले टाउको दुखाई अझै बढ्न सक्छ । त्यसैले कफी, चकलेट वा चिया जस्ता खानेकुरा खानु हुँदैन । धुम्रपान टाउको दुखेको बेला धुम्रपान गर्नाले स्वास्थ्यमा अझै…

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प
आर्थिक परिवेश संवाददाता

बाजुरा । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ (फाेटाे फिचर)
आर्थिक परिवेश संवाददाता

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ जावलाखेल लगिएको छ। लगनखेलको थटीटोलमा राखिएको रथलाई सोमबार जावलाखेल पुर्‍याइएको हो । मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथलाई रथबाट निकालेर बुंगमती लग्ने परम्परा छ।    

देवीहाट घटनाले सयौलाई वेरोजगार बनाएको युनिकमको ठहर
आर्थिक परिवेश संवाददाता

झापा । बिर्तामोडस्थित देवी हाटमा नगरपालिकाले टहरा हटाउन चलाएको घटना प्रति युनिकम नेपालले गम्भीर आपत्ति प्रकट गरेको छ । केन्द्रीय अध्यक्ष गजेन्द्र वहादुर पौडेलले विज्ञप्ति जारी गर्दै व्यवसायी, श्रमिक र मजदुरहरुको रोजिरोटी खोसिएको भन्दै त्यसको क्षतिपूर्ति दिलाउन माग गरेका छन् । संघीय सरकारको स्वरोजगार प्रर्वद्धन गर्ने नीतिका विरुद्ध बिर्तामोड नगरपालिकाले सयौलाई बेरोजगार बनाएको युनिकमको ठहर छ – विज्ञप्तिमा भनिएको छ । सार्वजनिक सरोकारका मुद्दाहरुमा विषय र परिस्थितिको संवेदनशीलतालाई गहन ढंगले मनन गरेर अघि बढ्न नगरपालिकालाई युनिकमले सुझाव समेत दिएको छ ।