७ महिना देखि ग्यारेजमै थन्कीयो एम्बुलेन्स, सर्वसाधरण हेलीकप्टर चार्टर गर्न वाध्य
आर्थिक परिवेश संवाददाता

ओखलढुंगा । ओखलढुंगाको एउटा एम्वुलेन्स ७ महिना देखी ग्यारेजमा थन्किएको पाइएको छ । ओखलढुंगा सेवा समाज कतारले संस्थाको नेपाल शाखालाइ प्रदान गरिएको एम्बसलेन्स काठमाडौंको एक ग्यारेजमा थन्किएको पाइएको हो । सेवा समाजले २०७४ साल माघमा ओखलढुंगा सेवा समाज नेपाललाई हस्तान्तरण गरेको स. १ं च १४५३ नम्बरको एम्बुलेन्स काठमाडौंको जोरपाटी नयाँवस्ती स्थित साजन अटो केयरमा थन्किएको पाईएको हो । कतारमा वैदेशिक रोजगारको क्रममा रहेका ओखलढुंगाका युवाहरुबाट संकलन गरिएको ९ लाख ६७ हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरिएको थियो । ओखलढुंगा सेवा समाज कतारका पुर्व अध्यक्ष अशोक तामाङले एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सम्भव भएमा जिल्लाका ८ वटै पालिकालाई एम्बुलेन्स सहयोग गर्ने…

मधेश प्रदेश सरकार विस्तार, तीनजना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
आर्थिक परिवेश संवाददाता

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएको डेढ महिनापछि आज नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सहित सरकार विस्तार गरिएको हो । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कृष्ण यादव र वीरेन्द्रप्रसाद सिहं तथा एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने सरकारमा नयाँ जिम्मेवारीसहित सहभागी भए। कांग्रेसका यादव भौतिक पूर्वाधार तथा विकास, सिंह स्वास्थ्य तथा जनसङ्ख्या र समाजवादीका न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । आज मधेश भवनमा आयोजित एक विशेष समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष तीनै जना मन्त्रीले पद तथा गोपनीयताको शपथ…

नीति तथा कार्यक्रम गफको पुलिन्दा होइनः प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम गफको पुलिन्दा नभएको स्पष्ट पारेका छन् । मंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा उठेका नीति तथा कार्यक्रममाथिको सवालमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् । मूलतः नीति तथा कार्यक्रम आर्थिक वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित भएको भन्दै शङ्का गर्नुपर्ने ठाउँ नभएको उनले बताए । ‘नीति तथा कार्यक्रमले धेरै र राम्रा कुरा समेटेको छ । तर कार्यान्वयन त हुन्छ ? भन्ने संशययुक्त शङ्का व्यत्तः गर्नुभएको छ, त्यो शङ्का नगर्न म सबै माननियहरुलाई आग्रह गर्न चाहन्छु । कृषि क्षेत्रको सुधार, आर्थिक सुधार गर्दै आर्थिक संवृद्धिमा केन्द्रित हुनेगरी नीति तथा कार्यक्रम लक्षित छ…

गणतन्त्रले नेपालमा छोरीलाई पनि राष्ट्रप्रमुख बन्न संभव तुल्यायोः मन्त्री शर्मा
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवन रुपान्तरणमा लाग्नु राजनीतिक र सञ्चार क्षेत्रको साझा दायित्व भएको बताएकी छन् । दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो, रेडियो सगरमाथाको २७ औं वार्षिकोत्सवलाई सम्वोधन गर्दै उहाँले राजनीतिक र सञ्चार क्षेत्र दुबैको सहकार्यमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएकाले यसलाई संस्थागत गर्दै यसको माध्यमबाट जनताको जीवन रुपान्तरण गर्ने साझा दायित्व बाँकी रहेको बताएकी हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र उत्कृष्ट व्यवस्था भएको उल्लेख गर्दै उनले सत्ता सञ्चालकबाट हुने कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार गर्ने प्रवृत्ति बढेको भन्दै यो गलत भएको बताइन् । ‘कतिपय वृत्तबाट गणतन्त्रले के दियो…

जेठ ९ गते प्रकाशित दैनिक पत्रिकाकाले के लेखे ?
आर्थिक परिवेश संवाददाता

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले विविध विषय उठान गरेका छन् ।  विषयमा विविधता भए पनि सबैजसोको प्राथमिकतामा आज पनि नक्कली भुटानी शरणार्थी प्रकरण परेको छ । नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्नमाथि अनुसन्धान सकाएर प्रहरीले मंगलबार सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको सन्दर्भसँग जोडेर अखबारले विभिन्न कोणबाट समाचार पस्किएका छन् ।