ओलीका प्रमुख स्वकीय सचिवलाई बालुवाटारमै १ करोड दिएँः केशव दुलाल
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएर ठगी गरेको प्रकरणमा पक्राउ परेका दुलालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसँगको बयानमा बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ बुझाएको बयान दिएका हुन् । प्रहरीले सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा दुलालले भनेका छन्, ‘…तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड…
मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै
आर्थिक परिवेश संवाददाताभक्तपुर । मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संचना हटाउन सुरु गरेको छ । सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु गरेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिए । आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भर्याङ, पर्खाललगायतका संचना हटाउन सातदिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैँ डोजर लगाएर भत्काउने उनकाे भनाइ छ । यसअघि अतिक्रमति घरटहरा, छाप्रा, भ¥याङ, पर्खाललगायतका संरचना हटाउन आयोजनाले २०७९ भदौ ५ र फागुन १७ गते सूचना प्रकाशित गरेको थियो । ती सबै क्षेत्रमा पटक–पटक माइकिङ…
लेनदेनको विषयमा गृह मन्त्रालयमै विवाद भएको थियोः रायमाझी
आर्थिक परिवेश संवाददाताकाठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नबीच गृह मन्त्रालयमै लेनदेनको विषयमा विवाद भएको बयान दिएका छन् । १६ पुस २०७७ मा काम विशेषले गृह मन्त्रालय गएको बेलामा स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको र कार्यकक्षमा छिर्दा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेको बयान दिएका छन् । कार्यकक्षबाट बाहिर आएपछि सानु भण्डारी र केशवप्रसाद दुलाललाई डुप्लिकेट काम गरेका त छैनौं ? भनी सोध्दा निजहरूले हामी पूर्वका मानिस हौं, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौं होला भनी प्रतिप्रश्न गरेका बयानमा भनेका छन् । त्यस्तै, रायमाझीले…
प्रहरी र मिडियाले दोषी करार गर्दैमा दाेषी हुँदैनः कांग्रेस सभापति देउवा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठको आरोपमा पक्राउ परी हाल हिरासतमा रहेका नेता बालकृष्ण खाँणको बचाउमा नलागेको भन्दै असन्तुष्टि पोखेका छन् । सभापति देउवालाई भेट्न मंगलबार उनको धुम्बाराहीस्थित निवास पुगेका खाँणनिकट युवा नेता, केन्द्रीय सदस्य, सांसदले पार्टीको भूमिकाप्रति आक्रोस पोखेका हुन् । स्रोतका अनुसार, खाणँ पत्नी मञ्जुले आफ्नो श्रीमानलाई फसाइँदासमेत पार्टीले केही नगरेको गुनासो गरेकी थिइन् । शरणार्थी प्रकरणमा प्रहरीको निगरानीमा रहेको सूचना चुहिएपछि पक्राउ परेका आफ्ना श्रीमान्लाई समेत भेट्न नगएर फरार मञ्जु केही दिनअघिबाट मात्र सार्वजनिक कार्यक्रममा देखिएकी थिइन् । प्रहरीले पक्राउ नगर्ने निश्चित भएपछि अस्ट्रेलिया पुगेकी…
लोककल्याणकारी विज्ञापन बापतको रकम रोकिन्नः मन्त्री शर्मा
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापन वापत मिडियाले पाउने रकम नरोकिने बताएकी छन् । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापन बापतको रकम उपलब्ध गराइने प्रतिवद्धता जनाएकी हुन् । ‘अहिले रकम कटौती गरेको भन्दा पनि विनियोजित बजेटको रकम नपुगेको हो, हामीले जेठ १ गते नै अर्थमन्त्रालयमा पत्र पठाएर अपुग रकम माग गरेका छौं, अर्थबाट रकम आउने छ, यदि आएन भने पनि मन्त्रालयले आन्तरिक व्यवस्थापन गरेर रकम उपलब्ध गराउने छ, लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको मनशाय छैन’– उनले भनिन् । मन्त्रालय जहिल्यै पनि नेपाली मिडियाको हक अधिकारको पक्षमा…

