रविको आक्रोश: घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ
आर्थिक परिवेश संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा रहेको बताएका छन्।  बिहीबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफूविरुद्ध मुद्दा हाल्ने उद्योग चलाइएको टिप्पणी गर्दै घण्टीलाई बजाउन मात्र होइन, घण्टी बजाइदिन मिल्ने बताएका हुन्। आफ्नो नागरिकता प्रकरणको विषयमा सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरिसकेको उनले बताएका छन्। ‘अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको छु’, उनले लेखेका छन्, ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९…

विष्णु रिमालले हर्क साम्पाङ सँग मागे माफी भने – धरानमै आएर श्रम गरौँला
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेकपा एमालेका सचिव विष्णु रिमालले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई बौलाहा भनेकोमा पछुतो व्यक्त गरेका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको आन्तरिक प्रशिक्षणका क्रममा आफूले सकारात्मक हिसाबले धरानका मेयरलाई बौलाहा भनेको उल्लेख गर्दै रिमालले अनौपचारिक तबरबाट प्रयोग भएको शब्द/वाक्य/वाक्याँश सार्वजनिक हुँदा अशोभनीय सुनिएको बताएका हुन् । आफूले सकारात्मक अर्थमा भनेको शब्द अमर्यादित जस्तो लाग्न पुगेको पनि उनले उल्लेख गरेका छन् ।  हर्क साम्पाङ र बालेन साह जस्ता केही जनप्रतिनिधिले समाज र देशको लागि राम्रो गर्छु भनेर लागिपरेको उल्लेख गर्दै रिमालले आफू पनि धरानमा श्रम गर्न जान तयार रहेको बताएका छन् । के भने का थिए त…

शरणार्थी प्रकरण : दोस्रो चरणको अनुसन्धान थाल्न प्रहरीलाई निर्देशन
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान हुने भएको छ । सो प्रकरणका आरोपितहरुले बयानमा नाम लिएका र कुनै न कुनै रुपमा संलग्नता देखिएकाहरुमाथि फेरि अनुसन्धान हुने भएको छ । बुधबार ३० जनाविरुद्ध अदालतमा मुद्दा पेश गर्ने क्रममा सरकारी वकिलको कार्यालयले थप अनुसन्धान अघि बढाउने निर्णय गरेको हो । पक्राउ परेकाहरुले बयानका क्रममा नाम लिएका भएपनि अहिलेसम्म छानबिनको दायरामा नआएकाहरुको हकमा थप अनुसन्धान हुने भएको हो । सरकारी वकिलको कार्यालय, काठमाडौंले ‘प्रतिवादीहरुको बयान पोलमा परी खुलाइदिएका व्यक्तिहरुको हकमा अनुसन्धान कार्य जारी रहेको हुँदा स्वतन्त्र प्रमाणबाट कसूर गरेको खुल्न आएका बखत वा पक्राउ परी आएका बखत थप दावी लिई अभियोग–पत्र…

ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
आर्थिक परिवेश संवाददाता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सांसद पदबाट निलम्बन गर्ने पार्टीको निर्णयविरुद्ध सर्वोच्च पुगेका श्रेष्ठको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकमको माग गरेको अडियो सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा। ढाकाकुमार श्रेष्ठलाई बर्खास्त गर्दै उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद पदमा स्थापित गर्ने निर्णय गरेको थियो । सो निर्णयको प्रति निर्वाचन आयोगलाई बुझाएलगत्तै आयोगले विन्दवासिनी कंसाकारलाई सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । तर सांसद कंसाकारले सांसदको शपथ भने गर्न पाएकी थिइनन् । यसअघि सर्वोच्च अदालतले कंसाकारलाई…

बिजुली र ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा हाम्रो पाठ्यक्रममा हुनुपर्‍यो- चन्द्र भण्डारी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले बोलेका हुन् । भण्डारीले बैठकमा  ‘बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा त हाम्रो पाठ्यक्रममा हुनुपर्‍यो नि,’ उनले भने, ‘विद्यार्थीले त जान्नुपर्‍यो नि।’ उनले आमजनतालाई आवश्यक कुरा सिकाइनुपर्ने बताए। भण्डारीले भने – ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्‍यो, कानून बनाउनुपर्‍यो ।’ उनले भने, ‘मेरोजस्तो परिवेश नेपालीहरूले भोग्नुपरेको छ। जलनबाट गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो । अहिले वर्ष १११ जनाको मृत्यु भएको थियो।’ उनले आफूलाई उद्धार र उपचार गर्न सहयोग गरेकोमा सरकारलाई धन्यवाद…