स्कारपिओ दुर्घटनामा एक बालक मृत्यु
आर्थिक परिवेश संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा स्कारपिओ दुर्घटना हुँदा एक बालक मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–६ का पाँच वर्षका अंशुमन गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा मृतकका ठूलाबुबा चालक कृष्ण गुरुङ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मे १ च ७३५३ नं को स्कारपिओ अनियन्त्रित भई बाटोदेखि करिब ४०–५० मिटर तल खसी दुर्घटना भएको थियो । गाडीमा सवार दुवै जनालाई घटनास्थलबाट उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बालककाे…

रेशमलाई कैद माफीको निवेदन राष्ट्रपति कार्यालयमा
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरीलाई रिहा गर्ने प्रक्रिया सुरु गरेको छ । २०७४ फागुन १५ देखि थुनामा रहेका चौधरीलाई आउँदो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरी रिहा गर्ने प्रक्रिया सुरु भएको हो । त्यसका लागि गृह मन्त्रालय हुँदै निवेदन राष्ट्रपति कार्यालयमा पुगिसकेको छ ।  रेशम चौधरीसहित २० जनाको कैद मिनाहाका लागि निवेदन प्राप्त भएको राष्ट्रपति कार्यालय स्रोतले बताएकाे छ । अहिले फाइल अध्ययनकै क्रममा रहेकाे र अध्ययन सकेपछि राष्ट्रपतिसमक्ष पेस हुने स्राेतले जनाएकाे छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था गरिएको छ। अदालतको…

युग सुहाउँदो शिक्षण विधिको विकासबारे ३ दिने कार्यशाला सम्पन्न
आर्थिक परिवेश संवाददाता

काठमाडौं । युग सुहाउँदो शिक्षण विधिको विकासका शिक्षक र प्राध्यापकको कार्यशाला सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगल स्थित सेन्ट्रल कलेजले तीनदिने कार्यशाला आयोजना गरेको हो । सोमबारदेखि सुरु भएको ’२१ औं शताब्दीको शिक्षाः योजना, आवश्यकता र कार्यान्वयन’ विषयक कार्यशालाको खुला विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. गोविन्दसिंह विष्टले उद्घाटन गरेका हुन् । कार्यशाला उद्घाटन गर्दै रजिष्ट्रार विष्टले शिक्षक प्राध्यापकहरु शिक्षण विधिबारे अपडेट हुनुपर्ने आवश्यकता औंल्याए । समयानुकूल शिक्षण विधि अवलम्बन गर्नुपर्ने प्रष्ट पार्दै उनले आफूले जानेका कुरा जुन विधिबाट विद्यार्थीले बुझ्छन्, सोही विधि अनुसार अध्यापन गर्नुपर्नेमा जोड दिए । यसका लागि जड हुनु भन्दा नयाँ तरीकाहरुको विकास गर्नुपर्ने उनको…

सहकारीको करोडौं रकम हिनामिना गरेर फरार भएका मेयर एमालेबाट निलम्बित
आर्थिक परिवेश संवाददाता

बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली नेकपा (एमाले)बाट निलम्बित भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले जम्मा गरेको करोडौं रकम हिनामिना गरेर फरार भएको समचार बाहिरिएपछि उनलाई एमाले गण्डकी प्रदेश कमिटीको बुधबार बसेको बैठकले निलम्बन गरेको हो । एमाले गण्डकी प्रदेश कमिटी सचीव धनञ्जय दवाडीले एक विज्ञप्त्ति जारी गर्दै उनी निलम्बित भएको जनाएका हुन् । ‘‘यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पु¥याउन हाम्रो पार्टी संवद्ध सबैलाई आग्रह गर्दछ’विज्ञप्तिमा भनिएको छ । उनीसहित इमेज सहकारीका पदाधिकारी…

प्रहरी कुनै षड्यन्त्रको शिकार भएको छैनः गृहमन्त्री श्रेष्ठ
आर्थिक परिवेश संवाददाता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा प्रहरी कुनै षड्यन्त्रको शिकार नभएको बताएका छन् । उनले कोही पनि निर्दोष नफसुन्, दोषी नछुटुन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको बताए । आज बिहान गृह मन्त्रालयमा एमालेसम्वद्ध राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाव र अवान्छित प्रभावबाट मुक्त रहेर अनुसन्धान गर्न निर्देशन दिएको बताए । कोही निर्दोष फस्नु हुन्न भन्नेमा आफू समेत रहेको भन्दै उनले भने, ‘आशंका वा मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमा आँच पुर्‍याउने काम गर्न मिल्दैन ।’ दोषीलाई कुनै पनि नाममा छुट दिन नहुने उनले बताए । कुनै दबाव परे…