दाहालको अभिब्यक्तिकाे बाहानामा ‘बजेट बिथाेल्ने खेल’
मनाेज भट्टराईकाठमाडौं । आजको प्रतिनिधिसभाकाे बैठक एमाले सांसदहको अवरोधका कारण स्थगित भएको छ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले बुधबारको बैठकमा दिएको अभिब्यक्तिलाई लिएर एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटका लागि १६ खर्ब ८८ अर्ब ४० करोडको सीमा (सिलिङ) राष्ट्रिय योजना आयोगले तोकेको छ । मध्यमकालीन खर्च संरचनासहित तयार पारिएको आगामी आर्थिक वर्षको बजेट सिलिङ चालु आर्थिक वर्षको विनियोजित बजेटभन्दा एक खर्ब पाँच अर्ब ४३ करोडले कम रहने गरि सरकाले ल्याउन लागको बजेटमा अबरोध पुर्याउने खेलका साथ एमाले लागि परेकाे सत्तारूढ दलले शंका गरेकाे छ । संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनु पर्दछ । बुधबारको…
नीति तथा कार्यक्रम पास गर्न नदिने रणनीतिमा एमालेको लागेकाे आराेप
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । नेपाली कांग्रसका सांसद रामहरी खतिवडाले नीति तथा कार्यक्रम पास गर्न नदिने रणनीतिमा एमालेको लागेकाे बताएका छन् । संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरागर्दै उनले यस्ताे बताएका हुन् । एमालेको अवरोधले नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम पनि प्रभावित भएकाे छ । नीति तथा कार्यक्रम पास गर्न नदिने रणनीति एमालेको भएको आशंका ब्यक्त गर्दै आज नभए भोलि पास हुने खतिवडाकाे भनाइ छ । नीति तथा कार्यक्रम फेल नहुने उनले बताए । गत ५ जेठमा संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि पारित गर्ने तयारी थियो । तर संसदको सुरूमै प्रमुख…
स्वास्थ्यमन्त्री बस्नेतले गरे वीर अस्पतालको आकस्मिक निरीक्षण
आर्थिक परिवेश संवाददाताकाठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर शुक्रबार बिहान काठमाडौं आइपुगेका मन्त्री बस्नेतले एक हप्ताभित्र विरामीहरुले महसुस हुने गरि र सुधार भएको देखिने गरि वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् । वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनु पर्नेमा जोड दिए । वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमान्दार प्रयास गर्नु पर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री बस्नेतको भनाई छ । मन्त्री…
महालेखाको प्रतिवेदनमै उठेको थियो पशुपतिको जलहरीबाट सुन हराएको विषय
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पशुपतिमा लगाइएको जलहरीको विषयले विवाद भएसँगै बैठक अवरोध भएको छ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले बुधबारको बैठकमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरीको ठाउँमा पित्तल राखेको आरोप लगाएका थिए । आरोप लगाएको दिन नेकपा (एमाले)का सांसद्हरुले नियमापत्ति भने गरेका थिएनन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको जवाफ दिने कार्यक्रम थियो । शुक्रबार नै प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पास गर्ने सूची थियो । प्रतिनिधिसभाको बैठक समयमा सुरु भएन भने एमाले सांसद्को विरोधको कारण स्थगित समेत भएको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने काम एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री…
संसदमा आफ्नो कुरा राख्न पाइन्छः हितराज पाण्डे प्रमुख सचेतक, नेकपा (माओवादी केन्द्र)
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधवारको प्रतिनिधिसभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि संसदमा समय माग गरी बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो बताएका हुन् । उनले संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्ष दलले यस्ता विषवस्तु उठाउनु नहुने बताए । उनले सार्वभौम संसदमा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसदलाई व्यवस्थित रुपमा लैजानुपर्नेमा जोड दिए । उनले भने, ‘हामी यो संसदमा छौँ, संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा गरिरहेका…

