नीति तथा कार्यक्रम पास गर्न नदिने रणनीतिमा एमालेको लागेकाे आराेप

निकासखबर संवाददाता

काठमाडाैं । नेपाली कांग्रसका सांसद रामहरी खतिवडाले नीति तथा कार्यक्रम पास गर्न नदिने रणनीतिमा एमालेको लागेकाे बताएका छन् । संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरागर्दै उनले यस्ताे बताएका हुन् ।

एमालेको अवरोधले नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम पनि प्रभावित भएकाे छ । नीति तथा कार्यक्रम पास गर्न नदिने रणनीति एमालेको भएको आशंका ब्यक्त गर्दै आज नभए भोलि पास हुने खतिवडाकाे भनाइ छ । नीति तथा कार्यक्रम फेल नहुने उनले बताए ।

गत ५ जेठमा संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि पारित गर्ने तयारी थियो । तर संसदको सुरूमै प्रमुख प्रतिपक्षी दल एमालेले माओवादी सांसद लेखनाथ दाहालले पशुपतिको गजुरमा लगाएको जलहरीमा भ्रष्टाचार भएको भनेर निराधार आरोप लगाएको भन्दै रेकर्डबाट हटाउन, माफी माग्न र सरकाको जावाफ माग गर्दै अवरोध गरेका कारण बैठक सुचारु हुन सकेकाे छैन  ।

बैठक साँझ ६ वजेका लागि बाेलाइएकाे छ ।

मा प्रकाशित