ब्राउन सुगर सहित १ जना पक्राउ

निकासखबर संवाददाता

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१७ ईस्लामपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् ।

भारत बाट नेपाल तर्फ आउदै गरेका साईकल यात्री बिराटनगर महानगरपालिका-१८ का ३० बर्षीय शुसिल मण्डललाई अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे ।

प्रहरीले शंका लागि चेकचाँज गर्दा उनको साथबाट १२ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनकलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरील जनाएकाे छ ।

मा प्रकाशित