यो पटक थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको कार्यकालमा थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको बताएका छन् । राष्ट्रिय बेपत्ता योद्धा स्मिति दिवसको अवसरमा काठमाडौंको नाँचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा नेकपाका महासचिव विप्लवले आफुले भन्नुपर्ने धेरै कुरा बोलिसकेको बताउँदै आफुले यसपटक कम बोल्ने तर धेरै गर्ने  संकल्प लिएको बताए । प्रधानमन्त्री प्रचण्डले भने –“म अहिले धेरै बोल्दिन म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ । मैले बोल्ने भाषा विप्लव जीले बाहिरबाट बोलि रहनुभएको छ । यो पटक म भन्न चाँहि थोरै भन्ने काम चाँहिं धेरै गर्ने संकल्प लिएको छु । मैले प्रधानमन्त्री भएको दिन देखि…

बझाङ हिम पहिरो एकको मृत्यु, दुई घाइते र दुईजना बेपत्ता
आर्थिक परिवेश संवाददाता

कैलाली । बझाङमा यार्चागुम्बा सङ्कलनका लागि गएका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । हिम पहिरोमा परि बेपत्ता भएकाहरूमध्ये एक जनाको शव फेला परेको, अन्य २ जना घाइते भएको र २ जना अझै सम्पर्क विहीन रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिका सिमाना अन्तर्गत पर्ने धनसेरी हिमालमा आइतबार बिहान ९ बजेतर्फ यार्चागुम्बा सङ्कलनका लागि गएका ५ जना हिम पहिरोमा परि बेपत्ता भएका थिए । उनीहरुको खोजी गर्ने क्रममा एक जनाको शव फेला परेको अन्य २ जना घाइते र अन्यको खोजी भइरहेको प्रहरी नायव…

एकपटक माओवादी भएर काम गर्न प्रधानमन्त्रीलाई विप्लवको सुझाव
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित १४औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको भन्दै उनले अहिले पनि त्यस्तै स्थिति आइरहेको दाबी गरे। सरकारले मन्त्रिपरिषदमा जनचाहनाअनुरूपका प्रस्तावहरु गरे आफूले सडकबाट साथ दिने विप्लवको भनाइ छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह गरे। ‘मैले भनेको छु– क्याबिनेटमा प्रस्ताव गर्नुहोस्, हामी रत्नपार्कमा बसेर साथ दिनेछौँ। हामी हरेक नराम्रा कामको विरुद्धमा उभिन तयार छौँ। तर,…

गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सरकारले यो वर्षको गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी गरेको छ । २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई हरेक वर्ष गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । गणतन्त्र स्थापना भएको पन्ध्र वर्ष पूरा भएकाले गणतन्त्रका पन्ध्र वर्षको समीक्षासहित तीन दिनसम्म विविध कार्यक्रम गर्ने तयारी थालिएको सञ्चार तथा सूचना प्रवधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति २०८० गठन गरिएको छ । जसमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राज्यमन्त्रीहरु, काठमाडौं महानगरका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा राजपत्रांकित विशिष्ठ श्रेणीका अधिकृतकहरु,…

लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ । माओवादी केन्द्रले आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडमा पत्रकार सम्मेलनको आयोजना गरी महालेखापरीक्षक कार्यालयले नै यस विषयमा स्पष्ट पारिसकेको उल्लेख गर्दै सरकारी निकायको उपस्थितिमा भएको खर्च र त्यसको फाँटबारीमा कुनै अनियमितता नभएको बताएको हो । पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराका अनुसार महालेखा परीक्षकले २०६९ जेठ १९ गते शिविरको खर्चको समर्थन, फछ्र्यौट र मिनाहा गरी सम्परीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरबारमा पठाएको बताए । महालेखा परीक्षक कार्यालयको वार्षिक…