बुद्धको जहाज भित्र मुसा भेटियो
आर्थिक परिवेश संवाददाताकाठमाडौं । शनिबार जनकपुरमा ‘मुसा’ देखिएपछि ग्राउण्डेड भएको बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसो फेला परेको छ । जहाजमा मुसो रहेको यात्रुले देखेका थिए । तर, शनिबार चेकजाँचका क्रममा मुसो फेला नपरेका कारण जहाज जनकपुरमै रोकिएको थियो । आइतबार बिहान ट्रयापमा मुसा भेट्टिएको र जहाजलाई सम्पूर्ण चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको बुद्ध एयरले जनाएको छ । आइतबार नै प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको छ । जहाजलाई थप निरीक्षण गरी आइतबार दिउँसोदेखि पुनः व्यावसायिक उडान थालिने समेत बुद्धको भनाइ छ । बुद्धले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन समेत…
नीति तथा कार्यक्रमले देश र जनताको आवश्यकतालाई सम्बोधन गर्न सक्दैनः ओली
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाएका छन् । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि प्रतिनिधिसभामा सुरु भएको छलफलका क्रममा उनले यो नीति तथा कार्यक्रमले देश र जनताको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताए । उनले नीति तथा कार्यक्रम पुनःलेखन गर्न माग गरे । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सरकारको नीति तथा कार्यक्रमले १५औँ पञ्चवर्षीय कार्यक्रमकोसमेत समीक्षा गर्न नसकेको बताए । उनले भने, “१५औँ पञ्चवर्षीय कार्यक्रमको अन्तिम वर्षमा त्यसको गम्भीरतासाथ समीक्षा हुनुपर्नेमा, कार्यक्रम सफल भयो…
दुई दर्जनभन्दा बढीलाई मुद्दा, २६ करोड बिगो
आर्थिक परिवेश संवाददाताकाठमाडौं । उच्चपदस्थ संलग्न नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान टुंग्याएको छ । पक्राउ परेका १६ सहित दुई दर्जनभन्दा बढी अभियुक्तविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ । १०६ जना पीडित रहेको यो मुद्दामा २६ करोड ८८ लाख ५७ हजार बिगो कायम गरी मुद्दा दायर गर्नुपर्ने प्रहरी अनुसन्धानको निष्कर्ष छ । प्रहरीका अनुसार उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगी गरी कम्तीमा तीन मुद्दा चलाउनुपर्ने प्रहरी राय छ । केही अभियुक्तविरुद्ध लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा पनि दायर हुने सम्भावना छ । यद्यपि, यससम्बन्धी अन्तिम निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजाल…
नक्कली भुटानी शरणार्थी प्रकरणः अनुसन्धान प्रतिवेदन तयार,आज सरकारी वकिललाई बुझाइने
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो। यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। २०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङलाई पक्राउ…
प्रभावकारी अन्तर सरकारी समन्वयका लागि मन्त्री मोदीले थाले अन्तक्र्रिया
आर्थिक परिवेश संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी अन्तर सरकारी समन्वय प्रभावकारी बनाउन सक्रिय रुपमा लागेका छन् । संघीयताको सबलीकरण र प्रभावकारी कार्यान्वयनका सन्दर्भमा विभिन्न प्रदेशका स्थानीय तहमा पुगेर अन्तक्र्रिया गरिसकेका मन्त्री मोदीले त्यसैको निरन्तरतामा प्रभावकारी अन्तर सरकारी समन्वय सम्बन्धमा पनि अन्तक्र्रिया थालेका छन् । मन्त्री मोदीले सातै प्रदेशका सचिव एवं प्रदेश कार्यक्रम निर्देशक, प्रदेश तथा स्थानीय शासन कार्यक्रमसँग सरोकार भएका संघीय मन्त्रालयका विषयगत समिति हेर्ने सहसचिवहरु, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग र राष्ट्रिय योजना आयोगका सहसचिव, महालेखा नियन्त्रण कार्यालयका सहायक नियन्त्रक, संयुक्त वैदेशिक सहयोग नियोगका अध्यक्ष एवं प्रतिनिधि र अन्तर सरकारी समन्वयका विज्ञहरुसँग छलफल थालेका…

