उपप्रधानमन्त्री श्रेष्ठ र एमसिसी उपाध्यक्षबीच सिंहदरबारमा भेट
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणको क्रममा रहेका एमसिसी उपाध्यक्ष बु्रक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो । भेटमा बु्रक्सले एमसिसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायको आवश्यक सहयोग हुने बताए । उपप्रधानमन्त्री श्रेष्ठले एमसिसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक…

२ वर्षभित्र कीर्तिपुर र मूलपानी रंगशाला स्तरोन्नति, थप ४ क्रिकेट रंगशाला निर्माण गरिने
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नती सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता संचालन हुने व्यवस्था गरिने उल्लेख छ। साथै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रंगशाला पूर्वाधार निर्माण कार्य अघि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै हरेक विद्यालयमा खेल शिक्षक व्यवस्था गरिने, वार्षिक खेलकुद क्यालेन्डर तयार गरी अन्तरपालिक तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिने कार्यक्रम छ। एक वडा एक खेल…

नीति तथा कार्यक्रमको पूर्णपाठ
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति कार्यक्रम आज प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ यस प्रकार छ– प्रतिनिधि सभाका सम्माननीय सभामुख¸ राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष¸ सङ्घीनयसंसद्‌का माननीय सदस्यहरू¸ १.सङ्घीीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रापतिको हैसियतले सम्मानित सङ्घीिय संसद्को दुवै सदनको संयुक्त बैठकलाई पहिलो पटक सम्बोधन गर्न पाउँदा म गौरवान्वित छु। यस अवसरमा म नेपालमा नागरिक सर्वोच्चता र लोकतन्त्रको स्थापना तथा मुलुकको समृद्धि र अग्रगमनका लागि इतिहासको विभिन्नन कालखण्डमा भएका राजनीतिक क्रान्ति, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलगायतका बलिदानीपूर्ण सङ्घीर्षमा आफ्नो अमूल्य…

धनगढीमा एक डाक्टर मृत फेला
आर्थिक परिवेश संवाददाता

धनगढी। धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन्। धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन्। उनी आफ्नो घरमा मृत भेटिएकी हुन्। शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको बताए। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु
आर्थिक परिवेश संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ सिँवाका सन्दिप तामाङ रहेका छन् । बिहीबार राति मैवाखोला गाउँपाकिला १ तेल्लाबुङतर्फ बालुवा लिएर जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । चालक मिक्वाखोला गाउँपालिका १ का कुशल लिम्बू भने दुर्घटनापछि फरार रहेका छन् । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।