राष्ट्रपति पौडेलले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज शुक्रवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा चयन भएपछि संघीय संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो ।
सरकारको नीति तथा कार्यक्रम आज
आर्थिक परिवेश संवाददाताकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे नीति तथा कार्याक्रम प्रस्तुत गर्ने भएका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सकिने व्यवस्था छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने छन् । सोही बैठकमा सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव…
हाम्रो एक इन्च पनि जमिन अरुलाई छाड्दैनौंः प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतसँग सीमा समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । सदनमा सांसद रघु पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको बारेमा प्रश्न उठाएपछि उनले यस्तो बताएका हुन् । उनले भने, ‘ईपीजी रिपोर्टदेखि लिएर सीमा समस्यासँग सम्बन्धी विषयमा हामीले हाम्रो एक इन्च जमिन छाड्न सक्दैनौं । हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिँदैन । नेपालका सबै राजनीति दल र सदन एकमत छौं ।’ नेपालको राष्ट्रिय हित, एकता र सार्वभौम अखण्डता र स्वाधीनतामा कुनै सम्झौता नगर्ने उनले बताए । प्रधानमन्त्रीले भारत भ्रमणको तयारी थालिरहेको भएपनि अहिलेसम्म मिति भने तय भएको छैन ।
लडाकु शिविरमा अनियमितताकाे कुरा पुष्टि भए जेल जान तयार छुः प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाताकाठमाडाैं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकू शिविरमा भ्रष्टाचार भएको भन्ने आरोप कपोलकल्पित रहेको जिकिर गरेका छन् । प्रतिनिधिसभा बैठकमा बिहीवार सांसद ज्ञानेन्द्र शाहीको प्रश्नको जवाफमा प्रचण्डले यो विषय पुष्टि भए आफू जेल जान तयार रहेको बताएका हुन् । ‘क्यान्टोनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको जानकारी गराउन चाहन्छु ।’ उनले यस विषयमा आरोपका निम्ति आरोप लगाइएको गुनासो गरे । ‘पूर्व माओवादीका लडाकूलाई राज्य कोषबाट दिइएको रकम हिनामिना गरेको भन्नु आरोपका निम्ति आरोप हो ।…
नौं दिनदेखि माइतीघर मण्डलामा अनसनरत बिनु यादवका विषयमा राज्य बेखबर
आर्थिक परिवेश संवाददाताकाठमाडौं । बिनु यादव नौ दिन देखी माइतीघर मण्डलामा अनसन बसेकी छन् । आफुले न्याय पाउनु पर्ने बिभिन्न पाँचबुँदे माग राखी अनसन बसेकी हुन् । गत २०७५ सालमा आफु माथी जर्बजस्ती करणी भएको र सो को उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्की मार्थी कारबाही गर्नुपर्ने, आफ्नो इच्छा बिपरित सबन्ध बिच्छेद गराउने न्यायधिस बद्रीप्रसाद ओलीमाथि कारबाही गर्नुपर्ने, आफुमाथि पटक पटक बलात्कारको प्रयास गर्ने काका ससुरा पवन कठायतलाई पक्राउ गर्नुपर्ने, पहिला बलात्कार अनि विवाह गरेर सबन्ध बिच्छेद गराउन बाध्य बनाउने प्रदिप कठायतलाई कारबाही गर्नुपर्नेसहित ५ बुदेँ माग राखेर उनी माइतीघर मण्डलामा अनसनरत रहेकी छन्। उनी अनसन बसेको नौ दिन बितिसक्दा पनि…

