भारतीय खेलाडीहरुलाई पराजित गर्दै कमल थापा फाइनलमा
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । वर्ल्ड टेनिस मास्टर्स एम टि २०० प्रतियोगिताको ६० वर्ष उमेर समुहको डबल प्रतिस्पर्धामा भारतीय खेलाडीहरुलाई पराजित गर्दै कमल थापा र झ्याम्पा धोण्डुप फाइनलमा पुगेका छन् । दार्जिलिङ जिमखाना क्लबद्वारा दार्जिलिङमा आयोजित वर्ल्ड टेनिस मास्टर्स एम टि २०० प्रतियोगितामा सशभागि थापा फाइनलमा पुगेका हुन् । थापाले सामाजिक सञ्जाल फेसबुकमा आफु फाइनलमा पुगेको जनाएका छन् । उनले भेट्रान्स सिङ्गलमा पनि आफु सेमिफाइनलमा पुगेको जनाएका छन् । उनले दार्जिलिङबाट सबैमा सादर नमस्कार भन्दै फेसबुकमा लेखेका छन् -“दार्जिलिङ जिमखाना क्लबद्वारा दार्जिलिङमा आयोजित ‘वर्ल्ड टेनिस मास्टर्स एम टि २००’ प्रतियोगिताको ६०वर्ष उमेर समुहको डबल प्रतिस्पर्धामा भारतीय खेलाडीहरुलाई पराजित गर्दै म र झ्याम्पा धोण्डुप…
निर्माण व्यवसायीको पिडा S-मोडको कथा र हाम्रो बेथिती
डिपी जैशीनारायणघाट बुटवल सडक खण्डको ७४ किमीमा रहेको यो S-मोडलाई सुधार गरेर सजिलो पार्ने र यहाँबाट प्राप्त हुने माटोले बाटोको इम्बेंक्मेन्ट निर्माण गर्ने भनेर सरकारले तयार गरेको वातावरण प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ । उक्त रिपोर्टमा यो S-मोडमा करिब ३२५ मिटर लामो १२५ मिटर चौडा र सालाखाला ५ मिटर गहिराइमा माटो खनेर इम्बेंकमेंट मेटेरियल प्राप्त गर्ने भनेर समेत उल्लेख छ । सो ही बमोजिम निर्माण व्यवसायीले त्यहाँ रहेका रुख कटानका लागि आवश्यक स्वीकृतीका लागि सम्बन्धित सडक योजनालाई अनुरोध गर्छ । सडक योजनाले बन कार्यालय लाई अनुरोध गर्छ । बन कार्यालयले त्यहाँ रहेका रुख काट्ने अनुमती दिन्छ । रुखहरु काटिन्छन् । त्यसपछि…
प्लानिङ ब्वाइजले जित्यो भीमनारायण गोल्डकपको उपाधि
आर्थिक परिवेश संवाददाताधनकुटा । प्लानिङ ब्वाइज क्लब काठमाडौंले धनकुटामा सञ्चालित भीमनारायण गोल्डकपको उपाधि जितेको छ । धनकुटाको टुँडिखेलमा आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेडलाई ४–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि उचालेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले ५ लाख प्राप्त गरेको छ भने उपविजेता वीरगञ्जले २ लाख ५० हजारमा चित्त बुझाएको छ ।
नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुरको घटना राजनीतिक भएको बताएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले टीकापुर घटना राजनीतिक घटना भएकाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र रेशम चौधरी लगायतलाई रिहाई गर्नुपर्ने बताएका हुन्। उनले यो अदालती मुद्दा नभई राजनीतिक भएकाले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए। उनले आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने घोषणासमेत गरे। उनले नाउपाले जेठ ३, ४, ५ गते कोणसभा र विरोध प्रदर्शन गर्ने बताए । भण्डारीले त्यति बेलासम्म पनि माग पूरा नभए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरे। भण्डारीका अनुसार रेशम चौधरी हत्यारा हुन…
भ्रष्टाचारीलाई संरक्षण भए हातमा दही जमाएर नबस्ने पर्यटन श्रमिकको चेतावनी
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सक्कली नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अरबौं रकम ब्रम्हलुट गर्नेहरुमाथि कडाभन्दा कडा कारबाही गनुपर्ने माग गर्दै देशैभरका पर्यटन श्रमिकहरुको खबरदारी अभियान शुरु भएको छ । नेपालीलाई लुटेर खान पल्किएकाहरु जो कोही भएपनि उन्मुक्ति दिन नहुने भन्दै पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल, ¥याफ्टिङ, एअरलाईन्स, सांस्कृतिक, पुरातात्विक, कार्गो, कुरियर श्रमिक यूनियन ९युनिट्राभ नेपाल० ले खबरदारी अभियान थालेको हो । युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै यो प्रकरणमा मुछिएका जुनसुकै ओहदा र पदका व्यक्तिलाई कारबाही गर्न माग गरेका हुन् । अडियो प्रकरण सार्वजनिक भइसकेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर…

