जिपको ठक्करबाट बालकको मृत्यु
आर्थिक परिवेश संवाददातामकवानपुर। मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ।
अष्ट्रेलियाली सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए । प्रधानमन्त्रीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो । मन्त्री वाट्सले अष्ट्रेलियामा…
ओखलढुंगाको मोलुङ गाउँपालिका कृषि शाखा प्रमुख पक्राउ
आर्थिक परिवेश संवाददाताओखलढुंगा । ओअलढुंगाको मोलुङ गाउँपालिका कृषि शाखा प्रमुख पक्राउ परेका छन् । बाल यौन दुरुपयोगको आरोप लगेका मोलुङ गाउँपालिकाका कर्मचारी तथा कृषि शाखा प्रमुख विनोद कटवाललाई प्रहरीले पक्राउ गरेको हो। कृषि शाखामा कार्यरत अधिकृत छैठौं कट्वालविरुद्ध बाल यौन दुरुपयोगको अभियोगमा बैशाख २६ गते उजुरी दर्ता भएको थियो । उजुरी दर्ता भएपछि फरार रहेका कट्वाललाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। कट्वालमाथि १६ वर्षीया बालिकालाई घरमै बोलाएर यौन दुर्व्यवहार गरेको आरोप छ । पीडिको तर्फबाट बालिकाकी आमाले उजुरी दर्ता गरेकी हुन् । छोरीमाथि दुर्व्यवहार गरेको विषय उठाउँदा…
नक्कली शरणार्थी खडा गर्न कसले कति रकम बुझे ?
आर्थिक परिवेश संवाददाताकाठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, सचिव र तत्कालीन मन्त्रीका सल्लाहकारले गिरोहबाट मोटो रकम बुझेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरूले गिरोहका नाइके केशव दुलाल र सानु भण्डारीमार्फत ‘गिफ्ट’ भन्दै रकम बुझेका थिए । अहिलेसम्म प्राप्त तथ्य प्रमाणले खुलेको भन्दा आरोपितहरूले बढी रकम लिएको हुनसक्ने प्रहरी अधिकारीहरूको भनाइ छ । पूर्वउपप्रधानमन्त्री एवं निलम्बीत एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, उनका तत्कालीन प्रमुख स्वकीय सचिव नरेन्द्र केसी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहमन्त्री थापाका छोरा (स्वकीय सचिवसमेत) ले गिरोहबाट रकम बुझेको खुलेको…
शरणार्थी प्रकरणः बाहिरिए तीन भिडियो क्लिप
आर्थिक परिवेश संवाददाताकाठमाडौं । आङटावा शेर्पाले नक्कली भुटानी शरणार्थी बनाउन कागजपत्र तयार गर्दाको सन्दर्भका तीन भिडियो क्लिप पीडितहरूले उपलब्ध गराएका छन् । पहिलो भिडियो क्लिपमा आङटावा आफैँ देखिन्छन् भने उनको सामुन्ने केही युवा छन् । पीडितका अनुसार युवाहरू नक्कली भुटानी शरणार्थी बन्न तयार भएकाहरू हुन् । उक्त भिडियो ललितपुरकै बखुन्डोलस्थित बिगमार्टसँगै रहेको टिड्लट्स रेस्टुरेन्टमा जम्मा हुँदाको हो । पीडितका अनुसार भिडियो ३ मे २०२२ मा खिचिएको हो । त्यस्तै, आङटावाले सानेपामा खोलेको दोस्रो लटको कार्यालयमा नेपाली युवाहरू जम्मा भएको अर्को भिडियो छ, जहाँ शेर्पा भने देखिएका छैनन् । उक्त भिडियो आँखाको रेटिनाको फोटो र फिंगर प्रिन्ट लिन लाइनमा बस्दाको समयको भएको पीडितले बताए । युवाहरू बसेकोभन्दा अर्को कोठामा रेटिनाको…

