सत्तासाझेदार दलको बैठक सम्पन्न
आर्थिक परिवेश संवाददाता

काठमाडाै‌ । सत्तारुढ दलको बैठक सिंहदरवारमा बसेकाे बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलसँग सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बाेलाएकाे बैठक सम्पन्न भएकाे हाे ।   बैठकमा  आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल भएकाे प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सरकारले जेठ ५ गते नीति तथा  कार्यक्रम ल्याउने तयारी गरेको छ।   बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव, जनमतका सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल समाजवादी पार्टीका बाबुरामा भट्टराई…

‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको अनुभुती भएको छः पर्यटनमन्त्री किराती
आर्थिक परिवेश संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले संसद र सदन अरुले नै चलाउने अनुभूति आफूले गरेको बताएका छन् ।  मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले आफूले मन्त्रीको रुपमा सो अनुभूति गरेको बताएका हुन् । मन्त्री किरातीले मन्त्री अरुले नै चलाउने भन्दै आफूलाई ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको समेत गुनासो गरे । उनले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यकता रहेको बताउँदै त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरुलाई उनले आग्रह समेत गरे । संसदमा बल दिएमात्रै आफूहरुले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाइ छ । मन्त्री…

नक्कली शरणार्थी प्रकरणः टोपबहादुरको बयान सकियो
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीको बयान सकिएको छ । सोमबार सुरु भएको उनको बयान राति अबेरसम्म लिइएको र मंगलबार बिहान त्यसलाई भेरिफाइ गरेर सकिएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले बताए । म्याद थपका लागि अदालत उपस्थित गराउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुर्‍याएका रायमाझीलाई त्यहींबाट बयान पनि सुरु गरिएको थियो । सुरुमा रायमाझीले अर्को दिन बयान गरौं भनेका थिए तर अनुसन्धान टोलीले समय धेरै दिन नभएकोले बयान गरिहालौं भनेपछि साँझ ४ बजेबाट बयान सुरु गरिएको थियो। करिब ९ बजेसम्म सरकारी वकिलको कार्यालयमा उनलाई बयान लिइएको थियो । बयान राति…

डडेल्धुरामा आठ महिनादेखिको कोठाभाडा नतिरी ढकाल सम्पर्क विहीन
आर्थिक परिवेश संवाददाता

डडेल्धुरा । प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ । उनले विगत आठमहिना देखीकाे भाडा नतिरेका हुन् । डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन् । कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ । महिनाको तीन हजारका दरले काेठँ भाडामा लागएकाे र सुरुका तीन महिनाको भाडा नौ हजार दिए पनि  असोजदेखिको आठ महिनाको बाँकी रहेकाे उनले बताइन् । पटक–पटक फोन सम्पर्क गर्दा नउठाउने र आजभोलि मोबाइल नै अफ गरेर सम्पर्क विहीन भउकाे उनकाे आराेप छ । भाडा नतिरे प्रहरीकोमा निवेदन दिने…

शरणार्थी प्रकरणमा पार्टी सभापति देउवा मौन हुनुहुन्नः डा महत
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवा मौन नरहेको बताएका छन् । समसामयिक विषयमा कांग्रेसको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। नक्कली शरणार्थी प्रकरणमा पार्टी सभापति किन मौन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘उहाँको पहिल्यैदेखि धेरै बोल्ने बानी छैन। तर, उहाँले अनुसन्धानमा सहयोग हुन्छ भनिराख्नु भएको छ । दोषी निर्दोष हुने निर्दोष दोषी हुने कुरा हुन्न। कानूनी प्रक्रिया अनुसार अघि बढ्छ।’ उनले यो प्रकरणले सत्ता गठबन्धन नभत्किने पनि बताए।