सत्तासाझेदार दलको बैठक सम्पन्न

निकासखबर संवाददाता

काठमाडाै‌ । सत्तारुढ दलको बैठक सिंहदरवारमा बसेकाे बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलसँग सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बाेलाएकाे बैठक सम्पन्न भएकाे हाे ।

 

बैठकमा  आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल भएकाे प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सरकारले जेठ ५ गते नीति तथा  कार्यक्रम ल्याउने तयारी गरेको छ।

 

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव, जनमतका सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल समाजवादी पार्टीका बाबुरामा भट्टराई सहभागी रहेका थिए ।

 

त्यस्तै बैठकमा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, कानुनमन्त्री धनराज गुरुङ, मीनबहादुर विश्वकर्मा, हितराज पाण्डेलगायत सहभागी  भएका थिए ।

मा प्रकाशित