नौं दिनदेखि माइतीघर मण्डलामा अनसनरत बिनु यादवका विषयमा राज्य बेखबर

निकासखबर संवाददाता

काठमाडौं । बिनु यादव नौ दिन देखी माइतीघर मण्डलामा अनसन बसेकी छन् । आफुले न्याय पाउनु पर्ने बिभिन्न पाँचबुँदे माग राखी अनसन बसेकी हुन् ।

गत २०७५ सालमा आफु माथी जर्बजस्ती करणी भएको र सो को उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्की मार्थी कारबाही गर्नुपर्ने, आफ्नो इच्छा बिपरित सबन्ध बिच्छेद गराउने न्यायधिस बद्रीप्रसाद ओलीमाथि कारबाही गर्नुपर्ने, आफुमाथि पटक पटक बलात्कारको प्रयास गर्ने काका ससुरा पवन कठायतलाई पक्राउ गर्नुपर्ने, पहिला बलात्कार अनि विवाह गरेर सबन्ध बिच्छेद गराउन बाध्य बनाउने प्रदिप कठायतलाई कारबाही गर्नुपर्नेसहित ५ बुदेँ माग राखेर उनी माइतीघर मण्डलामा अनसनरत रहेकी छन्।

उनी अनसन बसेको नौ दिन बितिसक्दा पनि यादवका मागका बारेमा सरकारले अझै कुनै सम्बोधन गरेको छैन । उनलाई प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकासमा ९ दिनदेखि न्यायको माग गर्दै अनसनरत यादवको मागका बारेमा सरकारले कुनै सम्बोधन नगरेको हो । आज सत्याग्रहको नवौ दिन न्याय नलिई यहाँबाट नउठ्ने निर्णय गरेको उनले उनले भनेकी छन् ।

‘माइतीघर मण्डलामा ९ दिन देखी न्यायका लागि अनसनरत भए पनि पाल पनि प्रहरीले टाँग्न नदिए पछि खुल्ला आकासमा रात कटाउँदै आएको उनले बताइन्। सरकारले आफेनामागका बारेमा अझै पनि कुनै सम्वोधन नगरेको उनले बताइन् । हावाहुरीसँगै भिषण वर्षा भएपछि नजिकैको रेष्टुरेन्टमा ओत लागेर रात कटाउनु परेको परेको उनको भनाइ छ ।

गत २७ बैशाख देखी अनसनरत यादवको मागका बारेमा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख श्याम उपाध्यायले भेटघाट गरेर गए पनि माग सम्वोधनका बारेमा कुनै खबर नगरेको उनको भनाइ छ।

गृह मन्त्रालयका प्रवक्ता र काठमाडौंका सिडियो आएर भेटघाट गरेर जानकारी लिएर तपाईको माग सम्वोधन गर्छु भनेर गए पनि अहिलेसम्म कुनै पनि माग सम्बोधन नभएको उनको भनाइ छ । आफ्नो माग सम्वोधन नभएसम्म अनसन जारी राख्ने उनले बताइन् ।

मा प्रकाशित