बझाङ हिम पहिरो एकको मृत्यु, दुई घाइते र दुईजना बेपत्ता

निकासखबर संवाददाता

कैलाली । बझाङमा यार्चागुम्बा सङ्कलनका लागि गएका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
हिम पहिरोमा परि बेपत्ता भएकाहरूमध्ये एक जनाको शव फेला परेको, अन्य २ जना घाइते भएको र २ जना अझै सम्पर्क विहीन रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिका सिमाना अन्तर्गत पर्ने धनसेरी हिमालमा आइतबार बिहान ९ बजेतर्फ यार्चागुम्बा सङ्कलनका लागि गएका ५ जना हिम पहिरोमा परि बेपत्ता भएका थिए ।

उनीहरुको खोजी गर्ने क्रममा एक जनाको शव फेला परेको अन्य २ जना घाइते र अन्यको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।

उनीहरुबारे विस्तृत विवरण अझै आउन नसकेको उनले बताए ।

मा प्रकाशित