सूर्योदय वोमी लघुवित्तले पौने ४७ लाख रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्ने
काठमाडौं, २५ भदौ २०८० ।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन ९एफपीओ० निष्काशन गर्ने भएको छ । लघुवित्तले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७३० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा लघुवित्तले ४६ लाख ७३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादव अस्पतालमा भर्ना
काठमाडौं, २४ भदौ २०८० ।पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालमा भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि उनी आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल पुगेर पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । वीर अस्पतालको विशिष्ठ (भीआईपी) कक्षमा उपचार गराइरहेका डा.यादवलाई भेटेर मन्त्री बस्नेतले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । भेटका क्रममा मन्त्री बस्नेतले यादवलाई उपचारका बिषयमा चिन्ता नलिन आग्रह गरेका छन् । मन्त्री बस्नेतले डेंगी तथा मुटुको समस्याले वीर अस्पतालमै उपचार गराइरहेका कोशी प्रदेशका भौतिक व्यवस्था मन्त्री एकराज कार्की र खुकुरी प्रहार भएपछि चार दिनअघि अस्पताल भर्ना…
द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकियो
काठमाडौं, २४ भदौ २०८० ।काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकिएको छ । नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना निर्माणको काम ०७९/८० को साउन मसान्तसम्म २६.१४ सकिएको आयोजना प्रमुख कमलविक्रम शाहले बताए । आइतबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमार्फत सो सडक आयोजनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । आयोजनाको मोविलाईजेशनसहित वित्तीय प्रगति भने २८.११ प्रतिशत रहेको काठमाडौं–तराईरमधेस द्रुतमार्ग सडक आयोजना प्रमुख शाहले जानकारी दिए । उनले द्रुतमार्गलाइृ ११ वटा क्लष्टरमा बाँडेर १३ वटा निर्माण प्याकेजहरुमध्ये १ देखि ७ नम्बर सम्मका प्याकेजहरु निर्माणाधीन अवस्थामा रहेको बताए । प्रमुख शाहका अनुसार आयोजनाको करिब ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको छ ।…
ललिता निवास प्रकरण : १७ अभियुक्तलाई धरौटीमा छाड्न आदेश, कसलाई कति ?
काठमाडौं, २४ भदौ २०८० ।काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ जनालाई तारेखमा छाड्ने आदेश दिएको छ । न्यायधीश भोलानाथ ढकालको एकल इजलाशले १७ अभियुक्तलाई धरौटीमा र प्रतिवादी केशव दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । अदालतको आदेशसंगै यस प्रकरणमा पक्राउ परेका सबै १८ जना नै रिहा हुने भएका छन् । धरौटी रकम जम्मा गर्नेको हकमा आइतवारबाटै प्रतिवादीहरू छुट्न सक्नेछन् भने माग बमोजिमको धरौटी नगद वा सो बराबरको जेथा वा बैंकजमानत नदिए फौजदारी…
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम अर्ब माथि
काठमाडौं, २४भदौ २०८० ।साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से सुचक १०.२३ अंकले बढेर १ हजार ९ सय ४२.६८ विन्दुमा बन्द भएको हो । आज २७६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सुर्योदय वोमी लघुवित्तको सेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सुभम पावरको सेयर मुल्य ९।९९ प्रतिशत, ङादी हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशत र मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक कारोबार भएको हिमाल दोलखा हाइड्रोपावर शेयरमूल्य सबैभन्दा धेरै प्रतिशत अर्थात ७.८१ प्रतिशतले घटेको छ । आज यस कम्पनीको…

