एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन
काठमाडौ, २६ भदौ २०८० ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । हृदयघात भएपछि उनलाई राति पौने २ बजे त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याउने वित्तिकै चिकित्सकह?ले नेम्वाङको निधन भएको घोषणा गरेका थिए । संविधानसभा अध्यक्ष रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन ।  

आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबीच भेटवार्ता
काठमाडौं, २५ भदौ २०८० ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो । नेपाल प्रतिनिधि होङले राष्ट्रि योजना आयोगले बनाइरहेको १६ औँ योजनाको विषयमा चासो राखेकी थिइन । साथै यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने बताइन् । उपाध्यक्ष श्रेष्ठले युएनएफपिएले हालसम्म पुर्याउदै आएको सहयोगको लागि धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए । होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी…

प्रधानमन्त्रीको निर्देशनसँगै डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवाद तत्काललाई मत्थर
काठमाडौं, २५ भदौ २०८० ।

डेडिकेटेड तथा ट्रंकलाइनको विवाद तत्कालको लागि मथ्थर भएको छ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडरमार्फत विद्युत उपभोग गरेर महशुल नतिरेको भन्दै तत्काल बक्यौता बुझाउन ताकेता गरेपछि ब्युतिएको विवाद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनसँगै मत्थर हुने देखिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले समस्याको निक्र्योल नभएसम्म तत्कालका लागि लाइन नकाट्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् । तिर्नु नपर्ने पैसा पनि विद्युत प्राधिकरणले माग गरिरहेको र अर्बौ रुपैयाँ बक्यौता देखाएर  रकम नतिरे लाइन काटिदिने चेतावनी दिएको भन्दै उद्योगी व्यवसायीहरुले सोमबार प्रधानमन्त्रीलाई भेटेर गुनासो पोखेका थिए । उद्योगी व्यवसायीहरुको गुनासो सुनेपछि प्रधानमन्त्री…

स्क्रब टाइफसबाट चितवनमा एक महिलाकाृ मृत्यु
चितवन ,२५ भदौ २०८० ।

चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि थप उपचारका लागि आइतबार मेडिकल कलेजमा भर्ना भएका थिए । सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले बताए । जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । छ सय ९५ जनाको परीक्षण गर्दा ६७ मा स्क्रब टाइफस पुष्टि…

४४ अंकले बढ्यो सेयर बजार, २१२ कम्पनीको सेयर मूल्य बढ्दा ११ को घट्यो
काठमाडौं, १५ भदौ २०८० ।

सोमबार सेयर बजार सुचक  (नेप्से) ४४ अंकले बढेको छ । आज नेप्से सुचक ४४.३०अंकले बढेर १ हजार ९ सय ८६.९९ बिन्दुमा बन्द भएको हो । यसअघि आइतबार नेप्से सुचक १० अंकले बढेको थियो । आज २७८ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३ सय ९७.२४ रुपैयाँको कारोबार भएको छ । सोमबार बैंकिङ २४, विकास बैंक ८६, फाइनान्स ६०, होटल तथा पर्यटन १८६, जलविद्युत ५८, जीवन बीमा ३०४, उत्पादन ११३, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा २९७, अन्य १९ र व्यापार उपसमूह १०७ अंक बढेका छन् । आज थ्रिस्टार हाइड्रोपावरको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।…