एभरेष्ट बैंकको लाभांश घोषणा
काठमाडौं, २७ भदौ २०८० ।एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २७ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
नेप्से सुचक ३९ अंकले बढ्यो
काठमाडौं, २७ भदौ २०८० ।यस साताको अन्तिम तथा चौथो कारोबार दिन बुधबार सेयर बजार परिसुचक नेप्से सुचक बढेको छ । साताको शरुवाती दिन आइतबार र सोमबार गरी ५४ अंकले बढेको नेप्से मंगलबार १९ अंकले घटेको थियो । आज नेप्से सुचक ३९।.अंकले बढेर २ हजार २.०६ को बिन्दुमा बन्द भएको हो । आज २७५ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ५५ लाख २१ हजार ९ सय ५।७७ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुनेमा एनआईसी एसिया बैंक लिमिटेड रहेको छ । कम्पनीको ७ करोड ९३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यस्तै सोल्टी होटलको ६ करोड ७० लाख रुपैयाँ…
राजकीय सम्मान सहित सुवास नेम्वाङको अन्त्येष्टि, बिहीबार सार्वजनिक बिदा
काठमाडौं, २६ भदौ २०८० ।संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको अन्त्येष्टि भदौ २८ गते बिहीबार हुने भएको छ । एमालेले एक विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्त्येष्टि बिहीबार गर्ने निर्णय गरेको छ । सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । गृह मन्त्रालयले नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भन्दै सो दिन सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा हुने जनाएको छ । सो दिन सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधार झुकाउने निर्णय पनि सरकारले गरेको छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मान सहित अन्त्येष्टि गरिनेछ । नेम्वाङका दुई छोरा हाल विदेशमा रहेको छन् । पारिवारिक स्रोतका अनुसार बुधबार बेलुकीसम्म…
अमेरिकी राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने
आर्थिक परिवेश संवाददाताअमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने भएका छन् । वाइडेनले विश्वका अन्य नेतासँग अन्तर्राष्ट्रिय सुरक्षा ‘खतरा’बारे छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको बैठकमा दुई दिने बसाइको पहिलो दिन सेप्टेम्बर १९ मा बाइडेनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस सचिव करिन ज्याँ पियरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराको सामना गर्न, विश्वव्यापी समृद्धिलाई अगाडि बढाउन र मानव अधिकारको रक्षा गर्न सहयोगका लागि विश्वका नेताहरूसँग पनि भेटवार्ता गर्ने बताए । गत वर्ष संयुक्त राष्ट्रसङ्घको महासभामा बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘निर्लज्जतापूर्वक’ संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन…
दोहोरो अंकले घट्यो सेयर बजार सुचक, १९१ कम्पनीको सेयर मूल्यमा गिरावट
काठमाडौ, २६ भदौ २०८० ।मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार र सोमबार गरी ५४ अंकले बढेको नेप्से आज १९.४२ अंकले घटेर १ हजार ९ सय ६७ ५७ बिन्दुमा बन्द भएको हो । आज २७६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब १३ करोड ५० लाख ५७ हजार ५ सय १५.५१ रुपैयाँको कारोबार भएको छ । कुल १९१ कम्पनीको सेयर मूल्यमा कमी आउँदा ३३ कम्पनीको सेयर मुल्य बढेको छ भने ४ कम्पनीको सेयर भाउ स्थिर रहेको छ । आज शुभम पावरको सेयर मुल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै सामलिङ पावर लिमिटेडको शेयर मूल्य ७.५८ प्रतिशतले बढेको छ । आज…

