सिटिजन्स बैंकको साधारण सभा असोज २६ मा
काठमाडौं, ५ असोज २०८० ।सिटिजन्स बैंकको सत्रौँ वार्षिक साधारण सभा असोज २६ गते हुने भएको छ । आज बसेको सञ्चालक समितिको बैठकले राजधानीको कालिकास्थानमा साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकका वित्तीय विवरणहरु माथि छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५.७९ प्रतिशतका दरले हुन आउने रु ८२,२१,६१,६५२।९६ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने जस्ता विषयहरु साधारण सभाका प्रस्तावहरु रहेको बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
१४.२ केजीभन्दा बढी तौलको ग्यास सिलिण्डर प्रयोग नगर्न निगमको आग्रह
काठमाडौं, ४ असोज २०८० ।नेपाल आयल निगमले १४.२ केजी बढी क्षमताका सिलिण्डर प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता सिलिण्डर प्रयोग गर्नु गैरकानुनी भएको भन्दै आमउपभोक्तालाई निगमले एक सुचनामार्फत अनुरोध गरेको छ । त्यस्तै ग्यास भरी बिक्री वितरण गरेमा कारवाही गर्ने चेतावनी समेत निगमले दिएको छ । ग्यास उद्योगहरुले १४.२ केजी क्षमताभन्दा बढी ५० केजी र ४५० केजी क्षमताका सिलिण्डरमा एलपी ग्यास बिक्री वितरण गरेको पाइएको भन्दै निगमले उक्त विक्री वितरण कार्य तुरुन्त बन्द गर्न भनेको हो । निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी विक्री वितरण गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिम कारबाही हुने निगमले जनाएको छ ।
मलंगवामा अनिश्चितकालीन कफ्र्यू
सर्लाही, ४ असोज २०८० ।सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कफ्र्यू जारी गरिएको छ । गणेशको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रण लिन बिहीबार राति १० बजेदेखि लागू हुने गरी कफ्र्यू प्रहरीले जारी गरेको हो । आज मिति २०८०।०६।०४ गते बिहीबार राति १०:०० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कफ्र्यू आदेश जारी गरिएको छ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको आदेशमा उल्लेख छ । सुचनामा पूर्वमा झिम नदी, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र, उत्तरमा प्रहरी पोस्ट र बाबा पेट्रोल पम्पसम्म कफ्र्यु आदेश जारी गरिएको छ । सो क्षेत्रभित्र कसैले आवतजावत…
सरकार र शिक्षक बीचको वार्ता निष्कर्श बिहिन
काठमाडौं, ३ असोज २०८० ।सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता कुनै टुँगोमा पुग्न नसकेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले दुई पक्षबीचको वार्तामा सकारात्मक छलफल भएको बताए । उनले शिक्षकहरुका मागको बारेमा भोलि शुक्रबार बिहान फेरि बैठक बसेर सहमित जुटाउने बताए । सहमित जुटाएर सहजरुपमा सामुदायिक विद्यालयमा पठनपाठन शुचारु हुने उनको भनाई छ । यता, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बैठकमा सामान्य छलफल भएको बताए । उनले आन्दोलन जारी रहने जानकारी दिए ।
सेयर बजारमा उत्साह, ४४ अंकले बजार बढ्दा सबा ३ अर्बको कारोबार
काठमाडौं, ४ असोज २०८० ।साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ४४.३४ अंकले बढेर २ हजार २९.७८ को बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबारमा आएका २७८ कम्पनीका १ करोड १२ लाख ६४ हजार ३ सय ९ कित्ता खरिदा बिक्रीबाट ३ अर्ब २९ करोड ३९ लाखको कारोबार भएको छ । आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २० करोड १८ लाखको कारोबार भएको छ भने सिटिजन्स लाइफ इन्स्योरेन्सको १३ करोड ९६ लाख, तथा शिवम सिमेन्टको १० करोड ५२ लाखको कारोबार भएको छ ।

