नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी
काठमाडौं, ८ असोज २०८० ।नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १० वटा सम्झौता र ३ वटा समझदारी पत्र आदान प्रदान गरेका छन् । यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित रहेका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिए । श्रेष्ठ र चिनियाँ अधिकारीले नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशन सम्बन्धी सम्झौता आदानप्रदान गरेका हुन् । शिक्षा सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीले विज्ञान तथा प्रविधि र…
विश्व बैंकले नेपाललाई २ अर्ब ६० करोड अनुदान दिने
काठमाडौं, ६ असोज २०८० ।विश्व बैंकले नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजनालाई सहयोग गर्न २ अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात् २ करोड डलर अनुदान स्वीकृत गरेको छ । नेपालका १६ गाउँपालिकाका ५५ हजारभन्दा धेरै साना किसानलाई कृषि उत्पादकत्व र पोषण अभ्यासमार्फत यस परियोजनाले लाभ दिने उद्देश्य रहेको बैंकले जनाएको छ । ‘दिगो विकासका लक्ष्य र शून्य भोकमरीको चुनौतीलाई साकार पार्ने प्रतिवद्धताअनुरूप खाद्य र पोषण सुरक्षा हासिल गर्दै गरिबी न्यूनीकरण गर्नु नेपाल सरकारको राष्ट्रिय लक्ष्य छ’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले भने । परियोजनाले उत्पादकत्व र जीविकोपार्जनसँगै सीमान्तकृत समुदायको पोषण सुरक्षा सुधार गर्न सरकारको प्रयासलाई…
नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित
काठमाडौं, ६ असोज २०८० ।नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन । आज भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका हुन् । सदस्यहरुमध्ये महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्य श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया पनि निर्विरोध चयन भएका हुन् । त्यस्तै कोशीबाट अर्जुन पौडेल, मधेश प्रदेशबाट माधवकुमार कर्मचार्य विजयी, गण्डकीबाट सुदीप शर्मा, बागमतीमा दिवाकर घले र सुदुरपश्चिमबाट विक्रम विष्ट विजयी भए । खुल्ला…
चीनमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत
काठमाडौं, ६ असोज २०८० ।जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार हाङ्जाउ विमानस्थलमा ओर्लिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई चिनले विशेष महत्व दिंदै भव्य स्वागत गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई चीनको खेलकुद सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाओ जिदानले हाङ्झाउ विमानस्थलमा स्वागत गरे । संयुक्त राष्ट्र संघको महासभा सहभागी भएर उनी सोझै अमेरिकाबाट सोझै हाङजाउमा पुगेका हुन् । उनी आजै १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।
१५ लाखभन्दा बढीको नक्कली नोटसहित २ जना पक्राउ
इटहरी, ५ असोज २०८० ।सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक राई र सोही जिल्ला मकालु गाउँपालिका–६ का अजय राई रहेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । पक्राउ परेकाको साथबाट प्रहरीले एक हजार दरका १५ लाख ८७ हजार ?पैयाँ नक्कली नोटसहित तीन थान मोबाइल बरामद गरेको उनले जानकारी दिए ।पक्राउ परेका दुई जनाले काठमाडौँबाट नक्कली नोट छपाई गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाइ छ । पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । इटहरी बजारमा नक्कली…

