नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति
काठमाडौं, ९ असोज २०८० ।

नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगै चीन भ्रमणमा रहेको नेपाल चाइना चेम्बरको प्रतिनिधिमण्डलले उसी–सीसीपीआईटीसँग सहकार्यको सम्झौता गरेको हो । चीनको पुरानो औद्योगिक सहर उसीलाई औद्योगिक हब मानिन्छ । नेपाल चाइना चेम्बरका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ र उसी सीसीपीआईटीका उपाध्यक्ष वाङ सिसोङले मंगलबार आयोजित एक समाराोहमा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उसी पूर्वी चीनको सांघाई नजिकैको सहर हो । जुन चीनको सबैभन्दा ठूलो ताजा पानीको तालहरू मध्ये एक, ताइहुको किनारमा अवस्थित छ…

इन्द्रजात्रा अवलोकनका लागि विदेशी पाहुना काठमाडौंमा
काठमाडौं, ९ असोज २०८० ।

काठमाडौं उपत्यकाको चिरारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पाहुना काठमाडौँ आइसकेका छन् । ऐतिहासिक इन्द्रजात्रा आज वसन्तपुरमा इ वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुनासहित भगेनी सम्बन्ध स्थापित भएका स्थानीय तहका प्रमुख सहभागी भएका छन् । चीन, अमेरिका र कोरियाका केही सहरका प्रमुख नेपाल आइसकेका कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । जात्राको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालदेखि भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो । भाद्र शुक्लपक्ष द्वादशीका दिन वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ…

मणिपाल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने पक्राउ
कास्की, ९ असोज २०८० ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । असोज ७ गते लमजुङ सुन्दरबजार नगरपालिका–६ की सुकमाँया दुरा श्वासप्रश्वास तथा ढाड दुख्ने समस्याको उपचारार्थ पोखरा–११ स्थित मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा उपचारको क्रममा असोज ८ गते डाक्टरद्वारा मृत घोषणा गरिएकोमा मृतकका आफन्तहरूले डाक्टरको लापरवाहीको कारण मृत्यु भएको भन्दै आन्दोलन गरेका थिए । मृत्युको कारण खुलाउनुपर्ने माग राखी आन्दोलनका क्रममा उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको घटनामा पोखरा–५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न…

दशैं–तिहार सुरक्षा विशेष योजना लागू गर्ने तयारीमा प्रहरी
काठमाडौं, ९ असोज २०८० ।

नेपाल प्रहरीले दशैं–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दशैं–तिहार सुरक्षा विषेश योजना लागू गर्ने भएको छ । विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले आआफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताए। उनले भने, “दशैं तिहारमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी व्यापक चरिचालन गरिने छ, असोज २१ गतेदेखि यसवर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागु हुन्छ ।” यसैगरी उनले दशैं–तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई परिचालन गरिने जानकारी…

गभर्नर महाप्रसाद अधिकारी र सिबिफिनवीच छलफल
काठमाडौं, ९ असोज २०८० ।

समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा यही आश्विन ८ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भएतापनि आर्थिक क्रियाकलापहरु अपेक्षितरुपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका संभावित उपायहरुका विषयमा उक्त भेटघाट तथा छलफल केन्द्रित रहेको थियो । उक्त छलफलका क्रममा सिबिफिनका अध्यक्ष…