भ्रष्टाचारविरूद्धको अभियान प्रदेश र स्थानीय तहमा बिस्तार गरौँ : प्रधानमन्त्री
काठमाडौं, ११ भदौ २०८० ।

प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन कायम गर्ने कार्यभार सिंगो देशको भएको बताए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘संघीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा समेत बिस्तारित गर्दै दण्ड र पुरस्कारको प्रणालीलाई स्थापित गर्न, राम्रो काम गर्नेहरूलाई प्रोत्साहित गर्न र आम जनसमुदायमा…

कतार एयरवेजबाट पाकिस्तान उडे सन्दिप, भने – म खेल्न रेडी छु
काठमाडौं, ११ भदौ २०८० ।

एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने पाकिस्तानतर्फ लागेका छन् । सोमबार बिहान ११ः२० बजे सन्दीप कतार एयरवेजको फ्लाइटमार्फत दोहा हुँदै पाकिस्तान गएका हुन । पाकिस्तानतर्फ उड्नुअघि क्रिकेटर लामिछानले प्रतियोगिताका लागि आफू तयार रहेको बताएका छन । उनले आफूहरुले एसियाकपमा एकदमै राम्रो खेल्ने प्रतिक्रिया दिएका छन् । ‘एसिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ । यो हाम्रो लागि खुसीको पर्वजस्तै हो ।’ उनले भने, ‘म खेल्नका लागि फिट छु, रेडी छु ।’ गएको मंगलबार सन्दीपबाहेक नेपाली टिम एसिया कपका लागि पाकिस्तान गएको थियो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ ।…

भुटानको ड्रुक एयरले पोखरा उडान भर्ने
पोखरा, ११ भदौ २०८० ।

भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ड्रुकले ९ सेप्टेम्बर ९२३ भदौ०का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ड्रुक एयरको न्यारोबडी जहाजले चार्टर्ड उडान भर्ने जानकारी दिए । चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको आश्वासन दिएको प्राधिकरण जनाएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।

सर्वोच्चमा अब स्वचालित पेशी तारिख : प्रधानन्यायाधीश श्रेष्ठले गरे शुभारम्भ
काठमाडौं, ११ भदौ २०८० ।

सर्वोच्च अदालतमा स्वचालित पेशी तारिख प्रणालीको शुरुवात भएको छ । सोमबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । स्वचालित प्रणालीको शुरूवातसँगै अदालतमा सुशासन कायम गर्न मद्दत पुग्ने प्रधानन्यायाधीश श्रेष्ठले बताए । उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए । ‘अदालतका हरेक काम, कारबाहीहरू विशेषगरी मुद्दाका पेशी व्यवस्थापनदेखि लिएर मुद्दाका तारिख र हरेक कुराहरू फरक मुद्दा व्यवस्थापन पद्धति भनेर लागू गरेका छौँ’ उनले भने, ‘त्यो सबै कुराहरू प्रविधिमा आवद्ध छन । प्रविधिमा आवद्ध भएको हुनाले  यसले सुशासनको व्यवस्था गर्छ । त्यसलाई पूर्ण रूपमा पालना गर्नेतर्फ हामी लागि रहेका छौँ ।’ अदालतमा स्वचालित पेशी तारेख प्रणाली…

सर्वसाधारणका लागि हाथवे इन्भेष्टमेन्टको आईपीओ भदौ २१ देखि खुल्दै, ५० रुपैयाँ प्रतिकित्ता भर्न पाइने
काठमाडौं, ११ भदौ २०८० ।

हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०५ अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा गर्ने भएको हो । जसमध्ये कम्पनीले ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष र २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट समेत गरिसकेको छ । बाँकी २४ लाख २७ हजार…