नेपाल एयरलाइन्सको भैरहवाबाट हङकङ र दिल्ली उडान सुरु
काठमाडौं, १२ भदौ २०८० ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान सुरु गरेको छ । निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान सुरु गरेको हो । उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । काठमाडौं ल्याएका हङकङ जाने यात्रु ११ बजेको उडानमा र दिल्ली जाने यात्रु दिउँसो १ बजे निगमकै कनेक्टिङ उडानमामार्फत गन्तव्यतर्फ पठाइनेछ । यसका लागि भदौ १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो । भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार…

एसियाकप क्रिकेट : नेपालले भोलि पाकिस्तानको सामना गर्दै
आर्थिक परिवेश संवाददाता

पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार पाकिस्तानको सामना गर्नेछ । नेपाली टीमले एसिया कपको पहिलो खेल भोलि मुल्तानमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। आफ्नो क्रिकेट इतिहासमा नेपालले पहिलो पटक विश्व वरीयताको नम्बर वान टोलीसँग खेल्न लागेको हो । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो सवा ३ बजे मुल्तान रङ्गशालामा हुनेछ । प्रतियोगिताका लागि पाकिस्तान पुगेको नेपाली टोली कराँचीमा एक हप्ता प्रशिक्षण र एक अभ्यास खेल खेलेपछि मुल्तान पुगेको छ । पाकिस्तान आईसीसी एकदिवसीय वरीयतामा शीर्ष स्थानमा छ । नेपाल भने वरीयतामा १५औँ स्थानमा छ । भोलिदेखि शुरु हुने एसिया कप…

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
काठमाडौं, १२ भदौ २०८० ।

मंगलबार आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको छ । बैठकमा प्रधानमन्त्रीलाई बढीमा १५ जना सांसदले प्रश्न सोध्न पाउने छन । सांसदहरुलाई समुह समुहमा विभाजन गरेर प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गरिएको छ । जस अनुसार आज दोस्रो समुहमा रहेका सांसदहरुले प्रश्न सोध्ने भएका हुन । उक्त प्रश्नको प्रधानमन्त्रीले आज नै प्रश्नहरुको जवाफ दिने छन । बैठक बिहान ११ बजे बोलाइएको छ ।

इराकमा ३०० जनाभन्दा बढीको ज्यान लिने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी
काठमाडौं, १२ भदौ २०८० ।

सन २०१६ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा इराकले तीन जनलाई मृत्युदण्डको सजाय दिएको छ । बगदादमा भएको सो बक विस्फोटमा ३ सयभन्दा बढीको मृत्यु भएको थियो । उक्त घटना सन २००३ मा अमेरिकी नेतृत्वको आक्रमणपछिको सबैभन्दा घातक विस्फोट थियो । इस्लामिक स्टेट (आईएस) ले सो घटनाको जिम्मेवारी लिएको थियो । इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरूको नाम भने खुलाएको छैन । कार्यालयले पीडित परिवारलाई बम आक्रमणमा संलग्नलाई उचित कारवाही गरिएको जनाएको छ । समाचार एजेन्सी एएफपीका अनुसार मृत्युदण्ड दिइएका मध्येमा घटनाका मुख्य योजनाकार मानिएका गजवान अल जवाई पनि रहेका छन । उनीलाई सन २०२१ मा…

निर्वाचनको नौ महिनापछि संसदीय समितिले पाए सभापति : सबैले लिए सपथ
काठमाडौं, ११ भदौ २०८० ।

प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सभामुख देवराज घिमिरेले सङ्घीय संसद् सचिवालयमा आयोजित समारोहमा उनीहरूलाई शपथ गराएका हुन् । सोमबारै १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका थिए । जसअन्तर्गत अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् । त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका…